यस्तो छ भदौको मासिक राशिफल

 मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई भदाै महिना आंशिक फलदायी रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् तर उपलब्धिका लागि निकै मेहनत गर्नुपर्नेछ।
-
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई भदाै महिना आंशिक फलदायी रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् तर उपलब्धिका लागि निकै मेहनत गर्नुपर्नेछ।


चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई भदाै महिना आंशिक फलदायी रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् तर उपलब्धिका लागि निकै मेहनत गर्नुपर्नेछ।
 भदाै महिना आंशिक फलदायी रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् तर उपलब्धिका लागि निकै मेहनत गर्नुपर्नेछ।
मेष राशि हुनेहरूका लागी सूर्य विद्या भावमा  । बुध ११ गतेसम्म सुख भावमा र १२ गतेबाट सन्तान भावमा । शुक्र महिनाभर सुख भावमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा । मङ्गल प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । महिना भरि नै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि उच्च, स्वगृह र ३, ६, ११ भावमा बलवान भए शुभ फल प्राप्त हुनेछ। सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ ।तर पनि महिनाभर नै बुध, शुक्र, मङ्गल तथा बृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।


वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वृष राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध ११ गतेसम्म पराक्रम भावमा र १२ गतेबाट सुख भावमा । शुक्र महिनाभर पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः धन भावमा र लाभ भावमा । मङ्गल सन्तान भावमा गोचर गरिरहेका छन्। सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । आमा वा घरपरिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । उच्च रक्तचाप, मुटु, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । विद्या तथा सन्तान भावमा मङ्गलको प्रतिकुल गोचरका कारण अध्ययनमा बाधा तथा सन्तानसँग मतभेद बड्नेछ । तर पनि बुध, शुक्र, बृहस्पति र शनिको अनुकूल प्रभावले सङ्गीत तथा कला क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । निर्माण सामाग्री, अटो पार्टस्, पेपर उद्योग तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । बैक तथा वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथुन राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा  । बुध ११ गतेसम्म धन भावमा र १२ गतेबाट पराक्रम भावमा । शुक्र महिनाभर धन भावमा । बृहस्पति र शनि क्रमशः राशिमा र कर्म भावमा । मङ्गल सुख भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीति तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।  दाजुभाइ तथा साझेदारसँग गरिने व्यवसायबाट राम्रो आम्दानी हुनेछ । राशिमा गोचर गर्ने बृहस्पतिको शुभ प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा हुनेछ । राज्य भावमा गोचर गर्ने शनिको शुभ प्रभावले भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । धार्मिक वस्तुको व्यापार तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ ।
लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ ।
तर पनि सुख भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले आमासँग मतभेद बढ्ने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । छाती सम्बन्धी समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कर्कट राशि हुनेहरूका लागी सूर्य धन भावमा  । बुध ११ गतेसम्म राशिमा र १२ गतेबाट धन भावमा । शुक्र महिनाभर राशिमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा । मङ्गल पराक्रम भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने बृहस्पतिको प्रभावले शुभ कार्यमा खर्च बढ्ने तथा अध्ययन वा कामको सिलसिलामा यात्रा हुनेछ । धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न ।
तर पनि शुक्र, बुध, र शनि र मङ्गलको अनुकूल प्रभावले होटल तथा रेष्टुरेन्ट र रिसोर्टजस्ता बिलासी स्थानमा गरिने व्यापारबाट मनग्गे लाभ लिन  सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।  आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । लेखन, कला तथा साहित्य क्षेत्रमा बाकी रहेका कामहरू सकाउन सकिनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सिंह राशि हुनेहरूका लागी सूर्य राशिमा  । बुध ११ गतेसम्म खर्च भावमा र १२ गतेबाट राशिमा । शुक्र महिनाभर खर्च भावमा । बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा । मङ्गल धन भावमा गोचर गरिरहेका छन् ।
राशि वा शिरमा सूर्यको प्रतिकुल प्रभाव रहने हुनाले उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । कुटुम्ब वा धन भावमा गोचर गर्ने मङ्गलले धन सम्पत्ति फस्ने र आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । अडैया शनिको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
तर पनि अन्य ग्रहको अनुकूल प्रभावले शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी गर्न सकिनेछ । औषधी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ ।
परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन  सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

कन्या राशि हुनेहरूका लागी सूर्य खर्च भावमा  । बुध ११ गतेसम्म लाभ भावमा र १२ खर्च भावमा । शुक्र महिनाभर लाभ भावमा । बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा । मङ्गल राशिमा गोचर गरिरहेका छन् ।
खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । शिरमा मङ्गलको प्रतिकुल प्रभावले चोटपटकको भए रहनेछ भने सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापार भावमा शनिको गोचरले व्यापारमा मन्दी तथा साझेदारहरू बिच मनमुटाब बढ्ने योग रहेको छ ।
तर पनि बुध, शुक्र, बृहस्पतिको प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । लाभ भावमा शुक्रको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा निर्माण व्यवसायीहरूका लागी समय फलदायी रहनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तुला राशि हुनेहरूका लागी सूर्य लाभ भावमा  । बुध ११ गतेसम्म राज्य भावमा र १२ गतेबाट लाभ भावमा । शुक्र महिनाभर राज्य भावमा । बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा । मङ्गल खर्च भावमा गोचर गरिरहेका छन्। पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पाइने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध तथा बृहस्पति ग्रहको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको छ । कर्म प्राप्ति वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ ।
खर्च भावमा गोचर गर्ने मङ्गलले अनावश्यक खर्च बढ्नेछ । यात्रा कष्टकर नहोला भन्न सकिन्न । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशि हुनेहरूका लागी सूर्य राज्य भावमा  । बुध ११ गतेसम्म भाग्य भावमा र १२ गतेबाट राज्य भावमा । शुक्र महिनाभर भाग्य भावमा । बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सन्तान भावमा । मङ्गल लाभ भावमा गोचर गरिरहेका छन्। शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्ने कलाकारहरूका लागी समय उत्तम रहेको छ । महिनाभर नै मङ्गल लाभ भावमा गोचरको कारण सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । निर्माण सामाग्री, तथा औषधीजन्य सामाग्रीका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ ।तर पनि कष्ट भावमा गोचर गर्ने बृहस्पति र सन्तान भावमा गोचर गर्ने शनिको प्रतिकुल गोचरले यात्रा कष्टकर नहोला भन्न सकिन्न । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न । सन्तानसँग मतभेद बढ्ने तथा पेट सम्बन्धी समस्या बढ्ने हुनाले ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा  । बुध ११ गतेसम्म कष्ट भावमा र १२ गतेबाट भाग्य भावमा । शुक्र महिनाभर कष्ट भावमा । बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा । मङ्गल राज्य भावमा गोचर गरिरहेका छन् ।
धनु राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने भए पनि कष्टकर नहोला भन्न सकिन्न । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ । महिना भरि नै शनिको अडैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ ।  सवारी साधन चलाउँदा ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, मङ्गल, बृहस्पति तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । राज्य भावमा मङ्गलको गोचरले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ । निर्माण सामाग्री, घरजग्गा, अटोपार्टस तथा औषधीजन्य सामाग्रीका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा  । बुध ११ गतेसम्म व्यापार भावमा र १२ गतेबाट कष्ट भावमा । शुक्र महिनाभर व्यापार भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा । मङ्गल भाग्य भावमा गोचर गरिरहेका छन् । मकर राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा दीर्घ रोगीहरूले खानपानमा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । रोग भावमा बृहस्पतिको गोचरले ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्ला । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । तर पनि बुध, शनि तथा शुक्रको अनुकूल गोचरका कारण वित्तीय क्षेत्र वा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । साहित्य लेखन तथा प्रकाशन गर्न बाकी रहेको कृतिहरू बजारमा ल्याउन सकिनेछ । घुमफिर तथा मनोरञ्जनको लागी देश विदेशको यात्राको तय हुनेछ । काम वा अध्ययनको सिलसिलामा यात्राको तय हुनेछ । प्रेम रमाउन चाहनेहरूका लागी यो महिना एक अर्काप्रति समर्पित हुन समय रहेको छ । नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । निर्माण सामाग्री, घरजग्गा तथा औषधीजन्य सामाग्रीका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भ राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा  । बुध ११ गतेसम्म प्रतिस्पर्धा भावमा र १२ गतेबाट व्यापार भावमा । शुक्र महिनाभर प्रतिस्पर्धा भावमा । बृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा । मङ्गल कष्ट भावमा गोचर गरिरहेका छन् । व्यापार भावमा गोचर गर्ने सूर्यले स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । कष्ट भावमा गोचर गर्ने मङ्गलको कारण दीर्घ रोगी तथा औषधीको प्रयोग गरिरहेकाहरूलाई गाह्रो पार्न सक्छ। भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाब बढ्ने योग रहेको छ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । महिना भरि नै शनिको अन्त्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।

तर पनि महिना बुध, शुक्र, बृहस्पतिको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ । उद्योग, शेयर बजार, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मीन राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा  । बुध ११ गतेसम्म सन्तान भावमा र १२ गतेबाट प्रतिस्पर्धा भावमा । शुक्र महिनाभर सन्तान भावमा । बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा । मङ्गल व्यापार भावमा गोचर गरिरहेका छन् । मीन राशि भएका व्यक्तिहरूका लागी यो महिना राम्रो रहेको छ । सूर्य, बृहस्पति, शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी पद प्राप्तिको योग रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ ।  महिना भरिनै शनिको मध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि स्वगृह, उच्च तथा ३, ६ , ११ भावमा बलवान मानिनेछ र शुभ फल प्राप्त हुनेछ ।https://www.ratopati.com/story/507347/

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज दर खाने भोली तीज पर्व

काठमाडौं । यसवर्षको  नेपाली महिलाहरुको महान पर्व  हरितालिका तीज आज (सोमबार)देखि शुरु भएको छ ।आजको...