धर्मसंस्कृतिलाई संरक्षण र सम्वर्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्ने: उपप्रधानमन्त्री सिंह

रौतहट,१९ मंंसिर । कार्यवाहक प्रधानमन्त्री  प्रकाशमान सिंहले सबैले आफ्नाे आस्थाअनुसारकाे धर्म,संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाकाे जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएकाे छ ।  
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मंगलबार राैतहटमा चलिरहेकाे पञ्चवर्षिय गढिमाई मेला  २०८१ को मंगलबार उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
नेपाल  बहुधार्मिक,बहुभाषिक र बहुजातीय राष्ट्र भएपनि समाजमा आपसी
सद्भाव सुदृढ रहेकाे र त्यसमा पुर्खाहरूकाे ठुलाे याेगदान रहेकाे सिंहकाे भनाई थियाे । आ- आफ्नाे धर्मसंस्कृतिलाई संरक्षण र सम्वर्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उहाँले जाेड दिनुभयाे । `नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ । विगतमा हाम्रा पुर्खाहरूले मिलिजुली समाजमा राम्राे वातावरण बनाउनुभयाे । आउने दिनहरूमा पनि हाम्राे पुर्खाहरूले देखाएकाे बाटाेलाई अनुसरण गर्नुपर्छ ,´ उहाँले भन्नुभयाे ,` आआफ्नाे आस्थाअनुसार  धर्मसँस्कृतिअनुसार पाठपूजा, जात्रा,महाेत्सव गर्न सक्ने माहाेललाई जाेगाएर अघि बढ्न सक्नुपर्छ ।
राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जाेड दिएकाे भन्दै उहाँले  विग्रिएकाे अर्थतन्त्रको लय ठि
क ठाउँमा ल्याउन सरकारले काम गरिरहेकाे बताउनुभयाे ।कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री जितेन्द्र प्रसाद यादव,  रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, सांसद शेख फुलबाबु, प्रदेश सांसद शेख फूलबाबु, गढिमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव, माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादव, गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनीप्रसाद जयसवाल लगायतका व्यक्तिको सहभागिता   सहभागिता रहेको छ।





प्रतिकृया दिनुहोस