बालाचतुर्दशी बत्ती बाल्न आफै बस्नेलाई निशुल्क ,संकल्प गरी फर्कनेलाई शुल्क
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र शतबीज छर्न चलन रहेको छ । कोषले हिजो बिहीबार पत्रकार सम्मेलन आयोजना गरी बालाचतुर्दुशी पर्वका बारेमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो पत्रकार सम्मेलनमा बाला चतुर्दशका दिन आज साझँ दिवंगत पितृका नाममा स्वयं संकल्पकर्ताले बालेमा कुनै शुल्क नलाग्ने र संकल्प गरी फर्कनेले भने शुल्क तिर्नु पर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताउनु हुदै बाला चतुर्दशी पर्वका अवसरमा नाम दर्ता गरेर पितृका नाममा बत्ती बाल्नेका लागि २१ सय का दरले दरले शुल्क तिर्नुपर्ने बताउनु भयो ।
राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ती कुरिदिने व्यवस्थाका लागि शुल्क लिन लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी गराउनु भयो । यो व्यवस्था रुद्रगाडेश्वरमा गरिएको छ। उहाँका अनुसार आफैँ बत्ती कुरेर बस्नेले भने कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
बत्ती बालेर हिँड्नेका लागि कोषले नै २१ सय का दरको रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको छ ।
कोषका प्रवक्ता अधिकारीले बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरुले अनधिकृत रूपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभएको छ ।
बत्ती बाल्ने प्रयोजनका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराउने व्यवस्था मिलाएको कोषले जनाएको छ।

यसैगरी यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ। विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउनेहरूलाई असहज भएपछि यो वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ। भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिनुभयो ।
बालाचतुर्दशीका अवसरमा महँगा गहना लगाएर नआउन, सिसा एवं काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा शतबीज नछर्न कोषले श्रद्धालुलाई आग्रह गरेको छ। आउने भक्तजनलाई आ–आफ्ना बालबालिकालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।
यस अवसरमा वनकाली क्षेत्रमा भने पसल राख्न दिइने छ । पसल राख्न ठाउँअनुसार केही शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । पसल राख्ने शुल्क कोषअन्तर्गतको अमालकोट कचहरीले लिने छ ।

बालाचतुर्दशीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले त्रिपाल उपलब्ध गराएको छ । बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा हालै बसेको बैठकले यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।
पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । शौचालयका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने जनाइएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ ।
मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।
वैदिक सनातनीहरुले पत्येक वर्ष ्रमंसिर कृष्ण चतुर्दशीलाई बाला चतुर्दशी भन्ने गर्दछन् । यो दिन शतबीज छर्ने दिन का रुपमा पनि प्रसिद्ध मानिन्छ । यस दिन विभिन्न मठ मन्दिर लगायतका धार्मिक धामहरुमा शतबीज छर्ने गरिन्छ । यस वर्ष आगामी मंसिर १५ गते यो पर्व परेको छ । यो पर्व विशेषगरी दिवंगत परिवारको सदस्य सम्झनामा मनाउने गरिन्छ । हाम्रो समाजमा परिपारको सदस्य दिवंगत भएको वर्ष सतबिज छर्न जानै पर्छ भन्ने मान्यता रहेको छ । मार्गकृष्ण त्रयोदशीको साँझ आज राजधानी काठमाडौको पशुपतिनाथ लगायत अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन सतबीज छर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस