नवरात्रमा सुनसान पाथीभरा

ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए ।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...