दसैँघरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ। बिहिवार घटस्थापनाको दिन  बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा जमरा राखिएको हो ।

दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस