झाङिदै तीज पर्व
चितवन । धार्मिक मान्यता अनुसार नै भन्ने हो भने पनि यो पर्व प्राचिन समय देखि नारी विद्रोहको पर्व थियो । यो पर्व सगँ जोडिएको धार्मिक पक्ष कुरा गर्ने हो भने पनि तत्कालीन समयमा पावर्तीले आपनो अधिकारको लागि अभियान गरिन् भलै त्यो अभियान पुजाँपाठको थियो, वर्तको थियो तर सुक्ष्म रुपमा त्यो बहाना रुपी अभियान बाट उनले मन परेको श्रीमान रोजेकि थिइन् ।
नीराहार वर्त त्यस अभियानको अनसन समान थियो । यसरी हेर्दा पार्वर्तीले विद्धोह मार्फत नै तीज सस्कृतिको विकास गरेकी थिइन् भन्न सकिन्छ । उनले आफुले मनपराएको वर शिव का लागि वर्त रुपी अनसन बसेकि थिइन् । निराहार अनसन पश्चात नै उनले शिवलाई पतिको रुपमा पाएकी हुन् । उनलाई पत्नीको रुपमा स्विकार्ने भनेपछि साथीसंगी भेला गराई नाचगान गर्छिन् ।उनीहरुको समुहले गाउदै रमाईलो गर्दा विष्णु भगवान पनि खुशी हुदै ताली बजाएको भन्ने भनाई पाहिन्छ ।
हरिले पनि ताली बजाएको हुनाले हरितालिका भयो भन्ने मान्यता रहेको छ । सस्कृतमा तीजलाई हरितालिका भन्ने गरिन्छ ।
प्राचीनकाल देखि नै नारी विद्रोहबाट शुरु भएको यस पर्व पन्चायतकालसम्म पुग्दा हाम्रा आमा,हजुरआमाहरुले घरको पिडा वेदनाको पोको खोल्दै स्वतन्त्रताको लागि आवाज निकाल्न सक्ने भएका थिए ।
सानीमा सानी दारको ठेकी
दुवैमाना दही जाने
घरको दुःख देख्नुहुन्न बाबा
जा घर भने भैजाने
यस्ता पिडा र वेदना भरिएका गीत गाउदथे । घरका पिडा र वेदना का साथसाथै सामाजीक सरोकारका विषयमा पनि गीत गाउथे उनीहरुले ।
विश्व इतिहासमा महिला मात्र मनाउने चाड तीजपर्व र तीज गीत महिला स्वतन्त्रता को लागि महान पाटो रहेको छ । आफू नपेढेकी र पढेको श्रीमान बिच हुने तत्कालीन परिवेशलाई उनीहरुले गीत मार्फत यसरी चित्रण गर्दथे ।
अग्रेजीमा भन्दो रहिछ पानीलाई वाटर नबुझेर दिए मैले काचो कटर । अग्रजीमा भन्दो रहिछ बाबालाई फादर
नबुझेर देखाईदिए रुखको बादर । बिगतमा नेपाली महिलाले पढ्न नपाउदाको परिवेश यसरी गीत मार्फत नै पस्कन्थे । उनीहरुले तीजपर्वलाई समाज रुपान्तरणको माध्यमका रुपमा प्रयोग गर्न थाले । तीजपर्वमा गाइने गीतहरुले समाज रुपान्तरणको आवाज बोले । असमनताको आवाज हरु बुलन्द पार्न सके । विस्तारै छोरीहरुले पनि पढ्ने अवसर पाउन थाले ।
धेरै महिलासमुदायको शिक्षा क्षेत्रमा पहुँच हुन पुग्यो । उनीहरुको पहुचँ टोल देखि राज्यको कानुन निमार्णको परिवेश सम्म पुग्यो । समाजमा रहेका विभेदित कानुनहरु शंशोधन भयो । राज्यका सबै तह र तप्कामा महिला समुदायलाई आरक्षणको व्यवस्था गरियो । विशेषाधिकारका रुपमा आएका यस्ता अवसरहरुले महिला शशक्त हुन सके । उनीहरुले देशको शाशन व्यवस्थाका बारेमा पनि तीज गीत मार्फत आवाज बुलन्द पारेका थिए ।
देश बनाउन गका नेता कुर्चीमात्र नताक
जनताको बलिदानलाई सानो नठान
जस्ता विषयमा पनि गीत गाउन थाले ।
मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि पनि उनीहरुले तीजगीत माध्यम बनाएका थिए । पन्चायत व्यवस्थाको विपक्षमा बोल्न नपाइने त्यो वेला तीजका गीत मार्फत पनि महिलावर्गले तत्कालिन शाशन व्यवस्थाको विरोध गर्दथे । जसको फलस्वरुप नेपालमा नारी आन्दोलन शशक्त हुन सक्यो । मुलुकमा प्रजातन्त्र र लोकतन्त्र पुर्नवहाली पनि भयो ।
वर्तमानमा धेरै नै प्रवासमा छन् । उनीहरुले आफ्ना बुबाआमालाई प्रवास घुमाउन बेला बेलामा लगिरहन्छन् । त्यहाँ जादाको अनुभव आमाले तीजको गीतमा पनि यसरी समेट्ने गरेका छन् ।
अहिलेसाल घुमीआए अमेरिकाको बाल्टिमोर
त्यहाँ पनि पाहिदो रहेछ टिमुर सिल्टिुमर
खाइयो ढिडो सिस्नो सित चिप्लेभिन्डे हालेको
जे नि पाइने रहिछ दुकान गोरे कालेको
मुलुकको रुपान्तरणको लागि महिला स्वतन्त्रताको पर्व तीजको भूमिका उल्लेखनीय रहेको छ । तीजमा फलानीको बुहारीले यस्तो गीत गाइन रे .. । भन्ने समाजको विकृति र कुरिती हटाउन यही पर्व सफल छ । राज्यका तह र तप्कामा महिलाको प्रतिनिधित्वको लागि तीज पर्व कै भूमिका रहेको पक्कै छ ।
यही पर्वका माध्यमबाट आफ्ना घरमा भएका हिसांका घटनाहरु सजिलै संघसस्थाका प्रतिनिधीहरुलाई भन्न सक्ने भए । उनीहरुमा आर्थिक शशक्तता थपीदै गएको छ ।
वर्तमानका केहि वर्ष यता माइती र घर दुवैमा तीजपर्व मौलाउन पाएको छ । माइतीजानकै लागि तीज कुरेर वस्ने गरदैनन् । घरकाले नी माइती नआएसम्म माइत नपठाउने भन्ने छैन ।
वर्तमानमा सुचना र प्रविधिको कारण तीज मा चेली लिन जानै पर्ने भन्ने पनि छैन । त्यसो त सामाजीक सञ्जालबाट नै तीजपर्वको निम्ता दिने गरिन्छ । वर्तमानमा माइतीका नन्द अमाजु ,घरका भाउजु वुहाारी सबै मिलेर तीजपर्व मनाउने प्रचलन बढीरहेको छ ।
त्यसो त संघसस्थाले पनि तीजपर्वको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् । संघसस्थाले महिलासमुदाय जती सबैलाई माइतीको आभाष गराउने कार्यक्रमहरु गरेका छन् । सामुदायिक , नीजि विद्यालय , कलेज ,टोल विकास सस्था ,वडा तह देखि केन्द्रिय तहसम्मका दलका विभिन्न समितिहरु , सहकारी लगायत बंैकहरु सबैले तीज विशेष कार्यक्रम गरी महिलासमुदाय जती सबैको माइती बनेका छन् ।
पछिल्ला समयमा समाज हुने गरेका कार्यक्रमले महिला बिच आत्मियता थपेको छ , उनीहरुले सुखदुख साट्ने, रमाउने सस्कृतिको विकास भएको छ ।
वर्तमानमा साघुरिदै गएको परिवार विच नाता जोड्न सफल छ यो पर्व । एक, दुई सन्तान , ती सन्तान पनि विदेशमा रहने वर्तमान परिवेशमा यस्ता सामुहिक कार्यक्रमले समाजमा सकारात्मक संदेश छरेको छ । तीज विशेष कार्यक्रममा बाटो, पुल, गुम्बा ,मठमन्दिर , सभाहल ,लगायत विकास निमार्णका कुरा देखि स्वस्थ जीवन शैली निमार्ण सम्मका सामाजीक सरोकारका विषय वस्तुहरु पस्किने माध्यम बनेको छ । त्यसो त किशोर किशोरीहरु बिच पनि भाईचाराको सम्बन्ध गास्न सकेको छ यस पर्वले । केही अपवाद छोडेर भन्ने हो भने सबै नेपाली महिला समुदायको शशक्तिकरणमा , आत्मियता र एकतामा जोडबल दिएको छ यस पर्वले । स्वदेश र प्रदेशका महिला समुदायका माझ यो पर्व रौनक बन्दै गएको छ ।
सबै क्षेत्रका महिला ,सबै महिला ,सबैका चेली बनेका छन् । या भनौ मुलुकमा रहेका ५१ प्रतिशत भन्दा बढी महिला समुदाय सबै नै तीजपर्वका अवसरमा चेली बनेका छन् । वास्तवमा नै वैदिक सनातनीले मात्र मनाउने यो पर्व वर्तमानमा सबैमा झाङिदै गएको छ । यो पर्वमा व्यापकता थपिदै गएको छ ।

प्रतिकृया दिनुहोस