दरमा के खाने ?
काठमाडौं । अहिलेको समयमा तीज आउनुभन्दा १ महिना पहिला बाट नै महिलाहरू दर खाने गर्छन् । यस्तो चलन पहिले देखिको परम्परा भने होईन ।
खासमा हिन्दु महिलाहरूको महान् पर्व तीजको पहिलो दिनलाई मात्र दर खाने दिन भनिन्छ । सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ ।
खासमा हिन्दु महिलाहरूको महान् पर्व तीजको पहिलो दिनलाई मात्र दर खाने दिन भनिन्छ । सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ ।
विवाहित महिलाले श्रीमान्को दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको कामना गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ ।
तीजको अघिल्लो दिन बढी चिल्लो, पिरो र मसालेदार खानेकुरा खानु हुँदैन । यस दिन शुद्ध खानेकुरा पौष्टिक आहार खानुपर्छ । जसले गर्दा तीजको दिनका व्रत बस्नको लागि शरीरमा समस्या आउँदैन ।
पानी समेत नखाई व्रत बस्ने गर्दा धेरै महिलाहरू नाच्दा नाच्दै ढल्ने वा मुर्छा पर्ने समस्या आउने गर्छ, त्यसैले शरीरलाई हाइड्रेट बनाइराख्न पानी पिउन डाक्टरहरूले सुझाव दिन्छन् ।
प्रतिकृया दिनुहोस