पूर्वी चितवनको जिरौनामा श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधना गर्न भक्तजनको भीड
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–११ स्थित श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनामा श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।
हिजो श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा भगवान् श्रीकृष्णको पूजा आराधना गरिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।: Sauraha online

प्रतिकृया दिनुहोस