विश्व हिन्दु महासंघ चितवन र जय सनातन अभियान नेपालको आयोजनामा खिर दिवस मनाइयो

चितवन । वैदिक सनातनीहरुले मनाउने चाड मध्ये साउन पन्ध्र पनि पर्दछ । यसदिन विशेष गरी खिर खाने चलन रहिआएको छ ।

सनातनीहरुले आ आफ्नो घर खिर पकाएर  पन्ध्र साउन मनाउने गर्दथे । तर विगत केहि वर्ष अन्य यस्ता चलन जस्तै  १५ साउन  का दिन सामुहिक रुपमा खिर खाने क्रम बढ्दै गएको छ ।  चितवनको भरतपुर  १० स्थित मालिका मन्दिर परिसरमा पनि सामुहिक  खिर खाएर साउने पन्ध्र मनाईएको छ । आज (मंगलबार) विश्व हिन्दु महासंघ चितवन र जय सनातन अभियान नेपालको आयोजनामा साउन १५ अर्थात खिर दिवस मनाईएको हो ।

प्राचीन काल देखिनै श्रावण १५ मा खिर खाने प्रचलन रही आएको छ । प्राचीन कालदेखीको धर्म संस्कृतीलाई जगर्ना गर्ने उद्देश्यले चितवनमा खिर दिवस मनाईएको आयोजकको भनाई छ ।वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रहिआएको स्वामी जगन्नाथचार्यले बताउनु भयो  । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन बसेको विश्वास समेत गरिएको उहाँको भनाई छ । 

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य ज्ञान जङ्ग लामा , नेपाली काँग्रेशका उपसभापती राजिव न्यौपाने,जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक भावेश रिजाल, जयसनातन अभियानका अध्यक्ष श्याम पौडेल,  चितवनका धार्मिक अगुवा फुलनाथ न्युरे ,जिवलाल पुरी निर्जला ,प्रेम कुमारी तमागं , गोविन्द पौडेल ,मन्दिरका अध्यक्ष  शिलवाल , महिला उद्यमी चन्दना कोइराला , गिता पौडेल ढकाल लगायत विभिन्न धार्मिक तथा , सामाजिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा भरतपुरमा रहेका  प्रेमवस्ती दुग्ध उत्पादन सहकारी सस्था , पृथ्वी टोल विकास सस्था र प्रकृति कपास उद्योग लगायतले सहयोग गरेका आयोजकले जनाएका छन् । 


प्रतिकृया दिनुहोस