भीमेश्वर मन्दिरको शिलामा पुन: "पसिना"

दोलखा । दोलखा जिल्लाको भीमेश्वर मन्दिरको शिलामा पुनः  पसिना आएको छ । आज बुधबार दिउँसो १२ः४५ बजेको समयमा मन्दिरको शिलामा पसिना आएको पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ।

 दोलखा भीमेश्वरमा पसिना आएपछि केहि अनिस्ट हुने धार्मिक मान्यता रहिआएको छ । त्यसो त भीमेश्वर मन्दिरमा पसिना आएपछि राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ ।  पछिल्लो समय गत साउन ५ गते शनिबार भीमेश्वरको मूर्तिमा दिउँसो १ बजेर ४७ मिनेट देखि ३ बजेर ५१ मिनेटसम्म पसिना आएको थियो ।

पसिना आएको ४ दिन नबित्दै आज बुधबार बिहान करिब ११ बजे काठमाडौंको त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

दुर्घटनामा परेको विमानमा १७ जना प्राविधिक र दुईजना चालक दलका सदस्य सहित १९ जना यात्रु थिए ।  जसमध्ये १८ जनाको शव फेला परेको छ ।भने विमानका पाइलट मनिषरत्न शाक्य गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस