भीमेश्वर मन्दिरको शिलामा पसिना आए सगै नेपालमा भयो ठुलो जहाज दुर्घटना: १८ जनाको मृत्यु
काठमाडौं । गत साउन ५ गते दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको थियो ।
मूर्तिमा पसिना आएको ४ दिन नबित्दै नेपालमा ठुलाे दुर्घटना भएको छ ।
बुधबार बिहान करिब ११ बजे काठमाडौंको त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरलान्सको जहाज दुर्घटना भएको हो ।
कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज विमानस्थलबाट उड्ने बित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ ।
दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
दुर्घटनामा परेको विमानमा १७ जना प्राविधिक र दुईजना चालक दलका सदस्य सहित १९ जना यात्रु थिए । जसमध्ये १८ जनाको शव फेला परेको छ ।भने विमानका पाइलट मनिषरत्न शाक्य गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
भीमेश्वरको मूर्तिमा गत शनिबार दिउँसो १ बजेर ४७ मिनेट देखि ३ बजेर ५१ मिनेटसम्म पसिना आएको थियो ।पसिना आएपछि अनिष्ट हुने विश्वास गरिदै आएको छ ।
प्रतिकृया दिनुहोस