दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ।

भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार, शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उनले बताएका छन्।

पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...