राम जन्मभूमि चितवनको माडीमै पर्छः ओली
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहोर्याउनु भएको छ ।
ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गर्नु भयो । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भन्नुभयो, ‘ अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’
यस अघि ओलीले २०७औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सवत्र भएको थियो ।
आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।
रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिदै आएको भए पनि आलीले भने माडीमा भएको दाबी गर्दै आएका छन् । माडीमा मन्दिर बनाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याइएको थियो ।
प्रतिकृया दिनुहोस