बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथमा ‘महादीपदान’ गरिँदै

काठमाडौं ।  बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ।

पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बनाउँछन्। ​श्रद्धालु त्रयोदशीका साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीच छर्ने गर्छन्।

१०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि स्थानमा शतबीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ। यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइन्छ।

देशका विभिन्न भागबाट आएका श्रद्धालु ‍दीप कुर्ने क्रममा राति भजनकीर्तन गरेर र बालन–चुड्का गाएर रात बिताउँछन्। अचेल आफ्नो नजिक रहेका शिवालयमा पनि शतबीज छर्ने चलन छ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ। कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा शतबीज मार्ग र बत्ती बाली बस्ने स्थानको व्यवस्था मिलाएको जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...