उत्पत्तिका एकादशी महिमा !
काठमाडौँ,२१ मंसिर । मिति २०८० साल मङ्गसिर २२ गते शुक्रबार एकादशी तिथी २३ गते प्रात: ४ / २६ बजेसम्म त्यसपछि द्वादशी आरम्भ हुनेछ।
त्यसैले मार्गशीर्ष महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इन्द्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा माथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौं।
एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ।एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ।पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ- अश्वमेधसहस्राणि राजसूयशतानि च । एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।। अर्थात् – हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन।प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग।
हिजो आज प्रचलनमा रहेको प्रतिशत मापन पद्धति अनुसार लगभग ६ प्रतिशत ।एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ।मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ।
प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन।यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।”अथ द्वादशमासेषु एकादश्यो भवन्त् या:।अधिके मासि चाप्यन्ये ये च द्वे भवत:शुभे।” प्रति वर्षका बाह्र महीनामा चौबीस एकादशी हुन्छन र प्रत्येक अढाई वर्षमा आउने अधिकमासमा कल्याणकारी दुई एकादशी हुन्छन्।
यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ।उत्पत्तिका एकादशीको दिनबाट बर्षमा २४ वटा एकादशी हुन्छ। त्यसपछि पुरुषोत्तम महिना पर्योभने अर्को २ वटा थपिन्छ। वैशाख मास- वरुथिनी एवं मोहिनी एकादशी। ज्येष्ठ मास- अपरा एवं निर्जला (भीमसेनी) एकादशी। आषाढ मास- योगिनी एवं शयनी एकादशी। श्रावण मास- कामिका एवं पुत्रदा एकादशी। भाद्रपद मास- अजा एवं पद्मा एकादशी। अश्विन मास- इंदिरा एवं पापांकुशा एकादशी। कार्तिक मास- रमा एवं प्रबोधिनी एकादशी। मार्गशीर्ष- मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी। पौष मास- सफला एवं पुत्रदा एकादशी। माघ मास- षट्तिला एवं जया एकादशी। फाल्गुन मास- विजया तथा आमलकी एकादशी। चैत्रमास- पापमोचनी एवं कामदा एकादशी। पुरुषोत्तम वा अधिकमास- पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।यसरी कृष्णपक्ष र शुल्कपक्ष दुवै एकादशी एउटै हो।यो ठुलो यो सानो भन्नु हुँदैन सवै बराबरी हो।ठुलो र सानो भन्ने काम गर्नु हुँदैन।योत अज्ञानीले मात्र भन्ने गर्दछ।ज्ञानीलेत दुवै पक्षको एकादशी बराबर ठान्दछ।
यो दिन “नद्यां तडागे वाप्यां वा उत्तमं मध्यमं त्वध:।क्रमाज्ज्ञेयं तथा कूपे तदभावे प्रशस्यते”।नदीमा नुहाउनु उत्तम हो ,पोखरीमा नुहाउनु मध्यम हो,वापी (पानी जमाएको पोखरी)मा नुहाउनु अधम हो भन्ने जानेर ती तीनैको अनुकूल नपरे ईनार वा पधेरोको स्नान पनि राम्रो हो।यो एकादशी उत्पत्तिका कसरि भयो भन्दा सत्य युगमा मुर नाम गरेको दैत्यले राजा ईन्द्र लगायत सवै देवी – देवताहरुलाई आफ्नु बसमा परेको थियो ।
त्यसपछि भगवान नारायणको पास सवै देवी – देवताहरु गएकोले नारायण भगवानले सवै कुराहरु बुझी मुर दैत्यको साथ लडाईं सुवारम्भ गर्नु भयो।त्यसपछी नारायण भगवान आराम गर्नको लागि बद्रीकाश्रम जानुभयो।त्यहाँ सिंहावती नामको बाह्र योजन लामो गुफामा एउटा मात्र ढोका थियो।त्यस गुफामा भगवान मधुसूदन सुत्नु भयो।त्यसपछि त्यो दैत्य पनि त्यहीं गुफामा आएर भगवानलाई जाईलाग्दा भगवानको शरीरबाट एक कन्या उत्पत्ति भई त्यस मुर नाम गरेको दैत्यलाई उद्धार गर्दिनु भयो।
त्यसपछि त्यो दैत्य भुमिमा लड्दा ठुलो आवाज आयो र त्यो आवाजले गर्दा भगवान जागा भै ति कन्यालाई भन्न थाल्नुभयो आज मेरो शत्रु यो दैत्यलाई कसले मार्यो भन्दा ति कन्याले भनिन् म हजुरको शरीरवाट उत्पत्तिभइ मेरो हातबाट त्यो दैत्य उद्धार भयो भन्दा भगवान भन्नुहुन्छ हे कल्याणी वरदान माग मनमा जेछ भन भन्दा ति कन्या साक्षात एकादशी थिइन्।उनले भनिन् हे भगवान हजुरको कृपाले सवै तीर्थको प्रधान हुन सकौं ,सवै सिद्धि प्रदान गर्न सकौं र पूजा – पाठ ,दान – धर्म ,व्रत आज जसले गर्दछ।
त्यसलाई हजुरले धन ,धर्म र मोक्ष दिनुहोला भन्दा भगवान श्रीमन् नारायणले तथास्तु तिमीले माँगेको हुन्छ भन्नु भएकोले कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान दिई उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो।श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन।जो मनुष्यले जीवनपर्यन्त एकादशीको उपवास गर्दछ, त्यो मरणोपरांत वैकुण्ठ पुग्दछ।
एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन।एकादशी-माहात्म्य सुन्नाले मात्र “अश्वमेधस्य यत् पुण्यं तदाप्नोति न संशय:।एकादश्यां निराहार:स्थित्वाSहं च परेSहनि”।अश्वमेध यज्ञ गर्दा जो पुण्य मिल्दछ,त्यो पुण्य माहात्म्य पढ्नाले पनि प्राप्त गर्दछ।साथै सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ।एकादशीमा उपवास गरेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउछ।उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ।एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठूलो दोष लाग्छ।
यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन।एकादशीको व्रत समस्त प्राणिहरूका लागि अनिवार्य मानिएको छ।तिनी एकादशी कन्या त्यो दिन भगवानको शरीरबाट उत्पत्ति भएकोले उनको नाम उत्पत्तिका एकादशी रहेको हो र यो दिनदेखि एकादशी तिनैलोकामा प्रसिद्धि भईन।
प्रतिकृया दिनुहोस