मनुष्यले दैनिक के गर्नुपर्दछ ?

काठमाडौँ,२० कात्तिक । सन्ध्या स्नानं जपश्चैव देवतानां च पूजनम। वैश्वदेवं तथाssतिथ्यं षट् कर्माणि दिने दिने।। अर्थात् दैनिक सन्ध्या ,स्नान {नुहाउनु },जप ,देवपूजन वैश्वदेव र अतिथिको {तिथि न मिथी टुप्लुक्क आउने }सत्कार यि ६ कर्महरु दैनिक गर्नुपर्दछ।

मानिसले सर्वप्रथम दिशा – पिशाव त्याग्दा पनि विचार गर्नुपर्दछ नत्र त्यसले नै नोक्शान गर्दछ। शौचे च सुखमासिन: प्राङ्मुखो वाप्यदङ्मुख  शिर :प्रावृत्य कर्णौ च मुक्तकच्छशिखोsपि वा// अर्थात् दिसा – पिसाब गर्दा आनन्दसँग पूर्व वा उत्तरतिर मुख फर्काएर ,कानलाई कपडाले {जनै }ले छोपेर वा बाँधेर टुपी खोलेर गर्नुपर्दछ। दौडिएर रोकिने बित्तिकै ,खानेबित्तिकै हतारिएर दिसा – पिसाब गर्नाले शरीरमा असर गर्दछ।

तिष्ठन् न मूत्रपुरीषे कुर्यात। अर्थात् उभिएर दिसा – पिसाब नगर्नु। किनकि बसेर गर्नाले पेट सम्बन्धि रोग लाग्दैन। त्यसैले ऋषिमुनिहरु र पहिलेका पुराना मानिसहरुले यसो गर्दथे तर आज त्यो हराएर गएको पाइन्छ। “धर्मं भजस्व सततं त्यज लोकधर्मान् सेवस्व साधुपुरुषाञ्जहि कामतृष्णाम् । अन्यस्य दोषगुणचिन्तनमाशु मुक्त्वा सेवाकथारसमहो नितरां पिव त्वम्”// अर्थात् सकाम लौकिक धर्महरुलाई त्यागेर निष्काम शाश्वत वैदिक सनातन धर्मको आचरण गर्नुहोस्। सदा साधुपुरुषहरुको सेवा र संगत गर्नुहोस्।

कामतृष्णा {विषयवासना }हरुलाई हृदयबाटै हटाइदिनुहोस्। अरुहरुको गुण र दोषको चिन्तन {परस्तुती तथा परनिन्दा }तुरुन्तै त्यागेर भगवत्कथारुपी अमृतरस सदैव पान {पिउने }गर्नुहोस्। नात्मनोSस्ति प्रियतर :प्रिथिवीमनुस्सृत्य ह। तस्मात् प्राणिषु सर्वेषु दयावानात्मवान् भवेत्।। अर्थात् यस भूमण्डलमा आफ्नो आत्माभन्दा विशेष श्रेष्ठ प्रियकारक वस्तु अरु कुनै पनि हुँदैन। यस कारण प्राणीहरुलाई दया गर्नुपर्दछ र सबैलाई आफ्नै आत्मा सम्झुनुपर्छ। अनिमात्र जगतको भलो भएपछी आफ्नो पनि भलो हुन्छ।

अदित्यचन्द्रावनलानिलौ च द्दौर्भूमिरापो हृदयं यमश्च। अहश्च रात्रिश्च उभे च संध्ये धर्मश्च जानाति नरस्य वृत्तम्।। अर्थात् मानिसहरुले गरेको कर्म गुप्तरूपलेदेख्ने भगवानका गुप्तचरहरूमा सूर्य ,चन्द्र ,वायु ,अग्नि ,आकाश ,भूमि ,जल ,हृदय ,यमराज ,दिनरात ,बिहान र साँझगरि बाह्र हुन्छन। त्यसैले मानिसले जिवनमा बिर्सिएर पनि मन ,वचन र कर्मले पाप कर्म गर्नुहुँदैन। भगवान नै समस्त धर्मको मूल कारण हुनुहुन्छ।उही प्रभुले जगत कल्याणको निम्ति मानिसको शृष्टि गर्नुभयो र त्यहि मानिसले प्रभुले भनेको नमान्दा कठोर सजाय भोग्नु पर्दछ।

तसर्थ धर्मलाई अंगाल्दै गएमा मानिसलाई शान्ति ,सद्भाव,दया ,सहिष्णुता ,ज्ञान ,विवेक ,परोपकारी भावना ,मृदुभाषी ,बफादारत्व प्राप्त हुन्छ।त्यसैले श्रुतिस्मृति र अन्तस्करणको प्रेरणाले नै धर्मको निर्णय हुन्छ र त्यो सवैको मान्य हुन्छ।धर्म नै मानिसको निम्ति उत्तम् साधन हो।यसको पालन गर्नाले भगवान खुशी हुनुहुन्छ र तिस आचरणले युक्त भएको मानिस सधैँ धर्मात्मा कहलाउँछ।

१-सत्य, २ -दया, ३-तपस्या, ४-शौच, ५-तितिक्षा, ६-उचित -अनुचितको विचार, ७ -मनको संयम, ८-इन्द्रियहरूको दमन, ९-अहिंसा,१०-ब्रम्ह्चर्य, ११-त्याग, १२-स्वाध्याय, १३-सरलता, १४-सन्तोष, १५-समदर्शी-महात्माहरुको सेवा, १६ -संसारिक भोगको चेष्टावाट बिस्तारै-बिस्तारै छुट्नु, १७ -मानिसको अभिमानपूर्ण प्रयत्नको फल उल्टो हुन्छ भन्ने विचार, १८- मौन{व्यर्थको कुरा नगर्नु}, १९-आत्म चिन्तन गर्नु, २०-प्राणीहरुलाई अन्न बाँडेर खानु, २१-सम्पूर्णप्राणीमा बिशेषगरि मानिसमा इष्टदेव परमात्माको भाव राख्नु, २२ -भगवानको श्रवण, २३-स्मरण, २४-किर्तन, २५-भगवानको सेवा, २६-पूजा, २७-प्रणाम,२८-दास, २९-सखा, ३०-आत्म समर्पण{निवेदन}यी तिस आचरणलाई सधैं व्यवहारमा उतार्नसके मानिस अवस्य मोक्ष हुनेछ र धर्मज्ञ मानिसले,१-बिधर्म, २-परधर्म, ३-धर्माभास, ४-उपधर्म, ५-छलधर्म,अधर्मका यी पाँच शाखालाईपनि अधर्मै समान त्याग्नु पर्दछ।

तसर्थ जुन कामवाट आफ्नो धर्ममा वाधा पुग्दछ त्यो बिधर्म हो,अरुको निम्ति उपदेश गरेको धर्म परधर्म हो,पाखण्ड अथवा दम्भको नाम उपधर्म हो,आफ्नो आश्रमको विपरित स्वेच्छाले ग्रहण गरेको धर्मलाई धर्माभास भन्दछन् र शास्त्रको वचन अर्कै किसिमले अर्थ गर्नु छलधर्म हो।

त्यसैले हामी गृहस्थिले पाँचवटा यज्ञ गर्नु पर्दछ अनि मात्र गृहस्थि हुन्छ। वेदाध्याय स्वधा स्वाहा वल्यन्नाध्यैर्यथोदयम्। देवर्षी पितृ भुतानी मद्रुपाण्यन्हं यजेत्।। १}वेदाध्ययनरुप ब्रह्म यज्ञ। २}तर्पणरुप पितृ यज्ञ। ३}हवनरुप देव यज्ञ। ४}काकवलीरुप भूत यज्ञ। ५}अन्नदानरुप अतिथि यज्ञ। यति कार्य गरेमा गृहस्थि होइन्छ। मृगमीनसज्जनानां तृणजलसन्तोषविहितवृत्तिनाम्। लुब्धकधिवरपिशुनानां निष्कारणवैरिणो जगति।। अर्थात् यस संसारमा मृगले घाँस खाएर ,माछाले जल पिएर र सज्जन मानिसहरुले सन्तोष गरेर आफ्नो जीवन व्यतित गर्छन् तर कारण बिनानै यिनिहरुसँग शिकारीले मृगसँग ,माझीले माछासँग र दुष्टले सज्जनहरुसँग शत्रुता गर्छन्।

आयुर्विनश्यत्ययशो विवर्धते भाग्यं क्षयं यात्यतिदुर्गतिं व्रजेत्। स्वर्गाच्च्यवन्ते पितर :पुरातना धर्मव्यपेतस्य नरस्य निश्चितम्।। अर्थात् – जो मानिस धर्मबाट भ्रष्ट हुनजान्छ ,उसको आयु नाश हुनेछ ,अपयश{नराम्रो }बढेर भाग्य क्षिण हुनेछ ,उ अत्यन्त दुर्गतिमा परेर उसको पूर्वज पितृहरु स्वर्गबाट गिर्दछन।त्यसैले धर्मबाट तल खसियो भने फेरी मृत्यु पश्चात् त्यो मानिसलाई यमराजका दूतले यमलोकमा लगेर वहाँ भयंकर नरक कुण्डमा हाल्दछन।

प्रतिकृया दिनुहोस