नवरात्रमा महाअष्टमीको धार्मिक महत्व !
काठमाडौँ,४ कार्तिक । मिति २०८० साल कार्तिक ५ गते आइतबार आश्विन शुक्लपक्ष महाअष्टमी तिथि साँझ ५ / २५ वजेसम्म त्यस उप्रान्त नवमी तिथि आरम्भ हुने भएकोले यो दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल अर्पणगरी महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ।
देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ।काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ।महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।
वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो ।वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ ।
हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ ।हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् ।नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध -हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् ।
नवरात्र शब्द नव अहोरात्र वा विशेष रात्रीको बोधक हो भन्ने कुरा स्विकार्दा ‘रात्री ‘ शब्द सिद्धिको प्रतीक हो भन्न कर लाग्छ ! प्राचीन ऋषि-मुनिहरुले दिनको दाँजोमा रातलाई बढी महत्व दिएका थिए त्यसैकारणले सुख रात्री ( लक्ष्मी पूजा ), होलीका दहन , शिव रात्री , मोहरात्री (कृष्ण अष्टमी ) , कालरात्री (शारदीय नवरात्रको सप्तमी तिथिको रात्रीकाल ) , छठ (सूर्यको शष्ठिका देवी स्वरूप ) र नवरात्री जस्ता चाड पर्वहरु रातमा नै मनाउने परम्पराको सुरुवात परा पूर्व कालदेखि चलेर गयो !
हाम्रा ऋषि मुनिहरुले रातीको महत्वलाइ गहन अध्यन गरेर त्यसको वैज्ञानिक महत्व सुक्ष्म रुपमा बुझाउने कोशीष गरेका छन् ! रात्री कालमा प्रकृतिका समस्त अवरोधहरु निकै हदसम्म हटेका हुन्छन ! ऋषि मुनिहरुले प्रकृतिको यो वैज्ञानिक रहस्यलाइ जानेर त्यस किसिमले चाड पर्व मनाउने परम्परा बसाले !
दिनको तुलनामा रात्रीकालमा ध्वनी सम्प्रेषण धेरै टाढा सम्म पुग्नु , सूर्योदयकालमा मानवीय कोलाहलका कारण आवाजको तरंग र रेडियो तरंग सूर्यको विकिरणका कारण अबरोध शृजना हुन पुगी छेकिनु बैज्ञानिक रहस्यको भीत्रको सर्व स्वीकृत पाटो हो ! सूर्यको किरणले दिउसो जसरी रेडियो तरंगलाइ रोक्दछ ठीक त्यसरीनै मंत्र जपको तरंगहरुपनि दिउसो रोकिन सक्तछ ! त्यसैकारण ऋषि-मुनिहरुले रात्रीकालको महत्व दिनको तुलनामा धेरै बताएका हुन् !
मंदिरहरुमा बजाइएका घण्टा र शंखको आवाजको कंपनले टाढा टढा सम्मका वातावरणका कीटाणुहरु नासिञ्छन भनेर यही आधारमा भनिएको हो ! यही वैज्ञानिक तथ्यलाइ बिचार गरी हाम्रा पूर्वजहरुले नव रात्रीको अवधारणा अघि सारेर मन्त्र शक्ति वायुमंडलमा पठाउदा कर्ताको कार्यसिद्धि , मनोकामना सिद्धि, संकल्प सिद्धि समय सिमा भित्र हुनेछ भन्ने कुरा अघि सारेका थिए !अर्को बैज्ञानिक अबधारणा के हो भने पृथ्वी द्वारा सूर्यको परिक्रमा गर्दा एकबर्ष भित्र चार बटा सन्धिकाल पर्दछ !
जस मध्ये आश्विन र चैत्रको सन्धिकालमा पर्ने दुइ मुख्य नवरात्रीहरुमा रोगाणु आक्रमणको सर्वाधिक संभावना रहेको हुन्छ ! ऋतु संधिकाल शारीरिक कष्ट र आराम बिग्रने महिना हो।त्यस समय स्वस्थ रहनकोलागि शुद्ध शरीर , निर्मल मन र स्वस्थ भोजन आवश्यक पर्ने भएको हुँदा ‘नवरात्र’ को उपासनाको चलन ऋषि मुनिहरुद्वारा चलाइयो ! नवरात्रमा नौ दिन वा नौ रातको गणना गरिने चलन छ !औशीको रातदेखि अष्टमी सम्म तथा परेवादेखि नवमी सम्म व्रत गर्दा नौ रात अर्थात ‘नवरात्र’ पुग्दछ ! यहाँ रातको गणना हुने भएकोले यसलाई नवरात्र वा नौ रात भनिएको हो !
हाम्रा शरीरमा नौ मुख्य प्वालहरु छन् यस शरीर भित्र बस्ने जीवन दायिनी शक्ति नै नव दुर्गा हुन् ! यी मुख्य इन्द्रियहरुमा अनुशासन, स्वच्छ्ता र स्वस्थ्य तारतम्य स्थापित गर्न प्रतीक रूपमा , शरीर तंत्रलाइ एक बर्षकोलागि सुचारू तुल्याउन र क्रियाशील राख्न ती नौ द्वार /प्वालहरु बिचमा शुद्धिको पर्व नौ दिन मनाउने गरिन्छ !
यसैलाई व्यक्तिगत रूपमा महत्व दीदा नौ दिन, नौ दुर्गा भनिन पुगेको हो ! शरीर व्यवस्थित एबम सुचारू राख्न सफा वा शुद्ध हुनु जरुरी छ।त्यसरी नै शरीरका अंग प्रत्यंगहरु पूर्ण सफाईकोलागि भित्री सफाई जरुरी छ र त्यसकोलागि छ छ महिनामा भित्रि सफाई गरिनु पर्दछ ! सात्विक आहार गरी व्रत बस्दा शरीर शुद्धि र शुद्ध शरीरमा शुद्ध बुद्धि उत्पन्न भइ उत्तम विचार प्रकट हुन्छ , उत्तम बिचार , उत्तम कर्म, उत्तम कर्मबाट सच्चरित्रता र सच्चरित्रताले शुद्ध मन स्वच्छ मन मै ईश्वरको शक्तिको स्थायी निवास हुन् सक्तछ !
बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु ।काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ ।
यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले। यस दिन यो तस्विर अनुसारको प्रशाद अल्पाहार ग्रहण गरेमा ,आयु ,यस ,किर्ति ,बल बढ्दछ।
प्रतिकृया दिनुहोस