यस बर्ष दशैँको टीकाको शुभसाइत बिहान ११ः२ बजे
काठमाडौं,१६ असोज । यस बर्ष दशैँको टीकाको शुभसाइत बिहान ११ः२ बजे जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैँको टिका कार्तिक ७ गते आइबार बिहान ११.२ बजे टिकाको साइत जुरेको हो ।
घटस्थापनाको साइत असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ ।
यस्तै, पश्चिम फर्केर असोज २९ गते सोमबार १० बजेर १९ मिनेटमा झण्डा फेर्ने साइत रहेको छ ।
पचली भैरव यात्रा कात्तिक २ गते बिहीबार,कात्तिक ४ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर २४ मिनेटमा बिहान ९ बजेर ३५ बजे स्थिरासनको साइतको रहेको छ ।
कात्तिक ५ गते आइतबार महाअष्टमी, कालरात्रिको पूजा गर्नुपर्ने, कात्तिक ६ गते सोमबार महानवमी र कात्तिक ७ गते मंगलबार विजयादशमी देवी विर्सजनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । विजयादशमीका दिन बिहान ९ बजेर २ मिनेटमा तुलजा भवानी यात्रा, बिहान १० बजेर ३ मिनेटमा बजे स्थिरासन गराइने उल्लेख गरिएको छ । कार्तिक ७ गते नै खड्गयात्रा रहेको छ ।
कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति र कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा रहेको समितिले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस