गौहत्याको विरोधमा जनकपुरमा हजारौँ साधुसन्त उतार्ने तयारी

धनुषा,१० असोज । गौहत्याको विरोधमा जनकपुरमा हजारौँ साधुसन्त उतार्ने तयारी भइरहेको छ । देशव्यापी रूपमा गोहत्या भइरहँदा पनि सरकारले कानुन बमोजिम कारबाही नगरेको भन्दै साधुसन्तहरु जनकपुरधाममा प्रदर्शन गर्ने भएका छन् ।
 
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरि जानकी मन्दिरका सहायक महन्त रामरोश दास वैष्णवले मुलुकमा श्रृंखलावद्ध रूपमा गौहत्या भइरहेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विरोध प्रदर्शनको तयारीमा जुटेको बताए।

महन्त वैष्णवले यसका लागि यही असोज १२ गते शुक्रवार जनकपुरधाम विरोध प्रदर्शन गरिने समेत बताए। 

जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले श्रृंखलावद्ध रूपमा गौहत्या भइरहँदा पनि राज्यले राष्ट्रिय जनावर समेत रहेको हिन्दु धर्ममा माता भनेर पुजीने गाईलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै कडा आन्दोलन गर्ने जनाएका छन् ।

धरानदेखि खोटाङसम्म हत्या हुँदा पनि सरकारले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै तत्काल आन्दोलन गर्ने चेतावनी महन्त दासले दिए । उनले भने, ‘मुलुकमा गौहत्या व्याप्त रूपमा भइरहँदा पनि सरकारले कानमा तेल हालेर सुतेकाले यही असोज १२ गते शुक्रबार जनकपुरधाममा गौहत्याको विरोधमा विरोध प्रदर्शन गर्दैछौँ ।’

विरोध सभामा हजारौँ सनातन हिन्दु धर्मावलम्बीलाई उतार्ने तयारी भइरहेको छ । यसका लागि विभिन्न व्यवस्थापन उप समितिहरूसमेत गठन गरिएको महत दासले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...