बंगलामुखीको रथारोहण हुँदै, होमसहितको धार्मिक कार्यक्रम

काठमाडौं,९ असोज । चावहिल मैजुबहालमा रहेको बंगलामुखी मन्दिर व्यवस्थापन समाजले रथारोहण सहित धार्मिक अनुष्ठान गर्ने भएको छ।

समाजका कैलाश गर्तौलाका अनुसार असोज १० र ११ गते वार्षिकोत्सवको अवसरमा भव्य रथ जात्रासहित परिक्रमा, होम होमादीसहितको धार्मिक अनुष्ठानका कार्यक्रम सन्चालन हुन लागेको हो।

२०८० असोज १० को पहिलो दिन होम होमादी सहितको धार्मिक अनुष्ठान हुने र दोस्रो दिन ११ गते रथ यात्रा हुनेछ। मैजुबहालमा स्थानीयबासीको सहकार्यमा नौ वर्ष अगाडि बंगलामुखीको मन्दिर स्थापना भएको थियो। 

यसपछि हरेक वर्ष धार्मिक अनुष्ठान, रथ यात्रा सहितको धार्मिक कार्यक्रमको आयोजना हुने गरेको छ। रथ यात्रा र धार्मिक अनुष्ठानको संयोजन बंगलामुखी मन्दिर संरक्षण तथा व्यवस्थापन समाजले गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...