कोटिहोम रथयात्राको चितवनमा स्वागत
चितवन,१ असोज । विश्वकै सबैभन्दा ठूलो (१०८) फिट अग्लो त्रीशुल भएको काभ्रे जिल्लाको पनौती नगरपालिका ११ अन्तरगत श्री लङ्केश्वर महादेवस्थान ओमकार टिभी तथा फाउन्डेसनको सतसंकल्पमा यही २०८० माघ शुक्ल पक्ष देखि कोटीहोम महायज्ञ आयोजना गरिदैछ ।
नेपालको प्राकृतिक धार्मिक र सास्कृतिक सम्पदालाई विश्व सामु चिनाउनुको साथै नेपाल राष्ट्र र नेपाली जनताको कल्याणको लागि गरिन लागेको कोटिहोम महायज्ञको प्रचार प्रसार गर्ने उदेश्य सहित सुरु भएको कोटिहोम रथ यात्रा मुलकुका ७७ जिल्ला पुग्ने लक्ष्य अनरुप हिजो पूर्वी चितवनको टाडीमा आईपुगेको छ । आज देवघाटधाम ,नवलपुर ,नवलपरासी जिल्ला हुदै देश बाकी जिल्लाहरुमा रथयात्रा गराइने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशका प्राय सबै जिल्लामा रथयात्रा गराईसकिएको छ । बाकी प्रदेश अन्तरगत पर्सी गण्डकी प्रदेशको नवलपुर जिल्ला, गोर्खा, तनँहु, कास्की क्रमश रथयात्रा गराईनेछ ।

प्रतिकृया दिनुहोस