चितवनमा गौ हत्याको बिरोधमा निस्कियो विशाल जुलुस

चितवन, भाद्र, २३ । धरानमा भएको गौवंश हत्याको विरोधमा नेपाल सन्त समाजको आह्वान तथा चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लाका ॐ कार परिवारको सक्रियतामा शनिबार चितवनमा वृहत ¥याली सहित प्रदर्शन गरिएको छ ।
नारायणी नदी किनारमा भएको बिरोध सभामा सहभागी हुनु अघि बजारमा ¥याली सहित प्रदर्शन गरीएको थियो ।भरतपुरको केन्द्रिय बस टर्मिनलमा भेला भई शुरु गरिएको ¥याली हाकिमचोक, चौबिसकोठी, बिरेन्द्र क्याम्पसगेट, लायन्सचोक, शहिदचोक, पुल्चोक हुदै नारायणी नदी किनारमा पुगेर बिरोध सभामा परीणत भएको थियो ।

सभामा उपस्थित भएकाहरुले संविधानको पालना गर गौ हत्यारालाई कारवाही गर, ओमकार परिवार एक हौं संस्कार र संस्कृति जोगाउँ विधर्मलाई भगाउँ, धर्म निरपेक्षता चाहिँदैन, गौ हत्या गर्न पाईँदैन, हाम्रो धर्म संस्कार प्राणभन्दा प्यारो छ, मठमन्दि जोगाउ विधर्मलाई भगाउ, हिन्दु धर्मको विशेषता अनेकतामा एकता लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सभालाई नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि, स्वामी रमणान्द गिरि, भरतपुरको लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्य, निम्बार्क दर्शन केन्द्र गैंडाकोटका अध्यक्ष आचार्य हरिशरण उपाध्याय, जनजाति कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव प्रेम थुलुङ्ग, केन्द्रीय सदस्य लालबहादुर चौधरी, बौद्ध धर्मका बौद्धिक व्यक्तित्व मोहन लामा लगायतले सम्बोधन गर्दै गौ हत्याको विरोध जनाएका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...