रेवेश्वर मन्दिर परिसरमा निर्मित राधाकृष्ण मन्दिरको गरियो उद्घाटन

चितवन,२१ भदौ । श्री कृष्णजन्माष्टीको पावन दिन बुधवार चितवनको माडी १ वरुवामा रहेको रेवेश्वर शिवालय मन्दिर धार्मिक सेवा समितिको आयोजना तथा शिवशक्ति महिला समूह बरुवा, स्टार स्पोर्ट्स क्लब बरुवा र श्रीराम संस्था अमेरिकाको सह आयोजनामा  एक भव्य समारोहका बिच मन्दिर परिसरमा नवनिर्मित राधाकृष्ण  मन्दिरको  उद्घाटन गरिएको छ |

पूर्व मन्त्री एवं चितवन क्षेत्र नं: ३ का सांसद बिक्रम पाण्डेले म सो मन्दिरको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेपालकै प्रथम नेपाली शंकराचार्य अनन्तश्री महामण्डलेश्वर हेमानन्द गिरीलाई अभिनन्दन समेत गरिएको  थियो । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पाण्डेले धर्म संस्कृति र संरक्षणका  लागि सबै हिन्दु सनातनीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाले माडी क्षेत्रको विकासमा आफ्नो भूमिका, सक्रियता निरन्तर रहेको  समेत बताउनुभयो | सो कार्यक्मका संयोजक छविलाल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपालीसहित भारतीयका वैदिक सनातनका सन्त महन्त अभियन्ता तथा माडीका सामाजिक तथा आध्यात्मिक महानुभावहरु सहित स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।

विश्व हिन्दु फेडेरेशन का अध्यक्ष डा अजय शिंहं, माडी नगरपालिकाका प्रमुख ताराकाजी महत्तो ,गो वंश रक्षार्थ विशाल धार्मिक सभा संयोजक टंकनाथ पौडेल ,योगी खेचरनाथ ,धार्मिक व्याक्तित्व महेश्वर पौडेल लगायले बोल्नु भएको थियो ।

समारोहमा स्वागत मन्तव्य संस्थाका अध्यक्ष रामजी सापकोटाले राख्नु भएको थियो भने महिला समुहकाले तीज गीतबाट स्वागत गर्नुभएको थियो। योगी नरहरिनाथः सस्कृत गुरुकुलम (समावेशी ) गुरुकुल, रामजानकी गार्गी कन्या गुरुकुल तथा रामजानकी वालिका आश्रममा रहेका वटुक तथा कन्याहरुवाट स्वस्तिवाचन गरिएको कार्यक्रमको समारोहको साहित्यकार एवम गीतकार तथा धार्मिक अभियन्ता  हिरालाल कंडेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।

सो अवसरमा जग्गा दाता हरिविलास पन्तका छोरा धन विलास पन्तलाई  सम्मान समेत गरिएको थियो । उहाँहरुले ३ कठ्ठा जग्गा मन्दिरलाई २०३३ सालमा दान गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...