चितवन जिल्लाका मठ मन्दीरहरुको अध्यक्षमा ज्योतिष पण्डीत प्रताप कंडेल चयन
चनौली,११ भदौ । भरतपूर ७ मा विश्व हिन्दु परिषद नेपाल चितवन एवंम् हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान चितवनको आयोजनामा चितवन जिल्ला भित्रका मठ मन्दिर समितीका पदाधीकारीहरुको भेला आज सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद नेपाल केन्द्रिय संगठनका सचिव प्रलाद रेग्मीको प्रमुख आतिथ्यमा व्रामण समाज चितवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक शालिकराम सापकोटाको (श्री राम) को सभा अध्यक्षतामा भएको कार्यक्रम बाट १३ सदस्यीय नयाँ कार्यसमीति चयन भएको छ । जसको अध्यक्षमा ज्योतिष पण्डीत प्रताप कंडेल ,उपाध्यक्षमा देवकी अधिकारी,चन्द्रलाल राज भन्डारी, देवनारायण भन्डारी ,राम्जी सापकोटा, केदारनाथ त्रिपाठी चयन हुनु भएको छ भने सचिवमा शिवहरी पोख्रेल,सह सचिवमा छाया चन्द्र खाँड,कोषाध्यक्षमा गोमा अधिकारी र सदस्यहरुमा संगिता विश्वकर्मा ,तलसी गुरुङ ,वावुराम चौधरी ,शुसिला खाँड चयन हुनु भएको छ ।
कार्यक्रममा जितेन्द्र सिंह,गोबिन्द पौडेल,बैदिक युवा परिषदका केन्द्रिय अध्यक्ष पन्दित प्रताप कडेल,ब्रामण समाज चितवनका रुद्र प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस