गोपाल कँडेल बने सर्वोच्च गुरुकुल अभिभावक

चितवन,२ फागुन । भरतपुर -४, धर्मचोक ,लङ्कु, चितवनस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहत् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञमा भरतपुर-४,लंकुका गोपालप्रसाद कँडेल सर्वोच्च अभिभावक हुनुभएको छ।

 

उहाँले यस महायज्ञमा सबैभन्दा बढी बाह्र लाख दश हजार एक सय एघार प्रदान गर्ने घोषणा गरी सर्वोच्च अभिभावक हुनुभएको हो। मन्दिर संचालक समितिका पूर्व उपाध्यक्ष समेत रहेका कँडेलको नेतृत्वमा कलात्मक नव मन्दिर निर्माण कार्य चलिरहेको छ।आगामी साल मन्दिरको प्रतिष्ठा गर्ने तयारी रहेको छ।

 

महायज्ञमा आजसम्म नगद र बोलकबोल गरी झण्डै २ करोड ४५ लाखभन्दा बढी रकम संकलन भइसकेको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष रामप्रसाद कँडेललले जानकारी दिनुभयो। महायज्ञको अहिले जारी दोस्रो चरणमा सुप्रसिद्ध कथावाचक ईश्वर कृष्ण महाराजले प्रवचन गरिरहनुभएको छ।

 

देशका प्रमुख सन्त- महात्माहरू,शैक्षिक, राजनैतिक , सामाजिक व्यक्तिहरूको उपस्थिति भइरहेको महायज्ञको आजको कार्यक्रम त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका पूर्व वेदान्त विभागाध्यक्ष श्रीनिवासाचार्यको प्रमुख आतिथ्य , वाचन प्रवीण दीनबन्धु पोखरेल तथा सन्त दीनदयाल महाराजको विशिष्ट आतिथ्य एवम् गुरुकुल संचालक समितिका सदस्य भूमीश्वर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...