कोटिहोम महायज्ञको नेता महतले गरे दर्शन
चितवन,२७ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन गरेका छन् । शुक्रबार महायज्ञस्थल पुगेर नेता महतले यज्ञस्थल र शिवलिंगको दर्शन गरेका हुन् ।
वातावरण सन्तुलनमा महायज्ञले सहयोग पुग्ने भन्दै उनले नदी किनारमा हुने धार्मिक कार्यक्रमले नदी संरक्षणमा समेत टेवा पुग्ने बताए ।
महायज्ञको अवलोकन गर्ने क्रममा उनले शालग्रामेश्वर शिवलिंगको आफैले तस्विर समेत लिएका थिए । नेता महतसँगै बागमती प्रदेशका सांसद उत्तम जोशी, माया श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठलगायतले महायज्ञको अवलोकन गरे ।
कोटिहोम महायज्ञलाई राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पीठाधिस श्रीषनाथले नरहरीनाथको १३०औँ शृङखलाको महायज्ञको मान्यता दिइसकेका छन् ।
श्रीसनातन संस्कृति संरक्षण अभियानले गौ वनको आवश्यकता र गौसंरक्षणलाई अभियानका रुपमा लगेको छ । साथै उक्त अभियान सम्पूर्ण जातजातिको कुल धर्म र संस्कृतिको रक्षाको लागि आन्दोलनरत छ ।
फागुन १२ गते सम्पन्न हुने महायज्ञमा एक करोड ४९ लाख ८५ हजा बत्ति प्रज्वलन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ गरिएको हो ।
प्रतिकृया दिनुहोस