कोटिहोम महायज्ञमा सहरी विकास मन्त्री पाण्डे र रास्वपा सभापति रवि लामिछाने आउने

चितवन,२६ माघ । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन गर्न शहरी विकास मन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आउनु हुने भएका छ । मन्त्री पाण्डेले निर्वाचनको प्रचार थाल्नुअघि गण्डकी आरतीको आर्शिवाद लिनु भएको थियो ।


मन्त्री पाण्डेले भोलि (शुक्रबार) दिउँसो २ बजे महायज्ञको दर्शन गर्न आउने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिनुभयो ।

त्यस्तै शनिबार दिउँसो २ बजे रवि लामिछाने आउने तय भएको उहाले बताउनु भयो । नागरिकता खारेजीपछि सांसदबाटै पदमुक्त भएका रवि शनिबार र आइतबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँने बताउनु भयो ।
कोटिहोम महायज्ञलाई राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पीठाधिस श्रीषनाथले नरहरीनाथको १३० औँ शृङखलाको महायज्ञको मान्यता दिइसकेको छ । १३० औँ शृङखलाको महायज्ञ बागीश्वरी क्षेत्रमा गर्ने योगी नरहरीनाथको इच्छा थियो । तर उहाको देहवसानपछि उक्त महायज्ञ भएको थिएन । 


महायज्ञप्रति सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको आर्शिवाद समेत रहेको महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले बताउनु भयो । महायज्ञका सात संरक्षकमध्ये छ जना संरक्षकले महायज्ञको दर्शन तथा अवलोकन गरिसक्नु भएको छ । साथै विभिन्न जातीका व्यक्ति कर्ता बसेका छन् ।

No description available.


हवनका लागि डिभिजन वनले दाउरा सहज रुपमा उपलब्ध गराइरहेको छ । श्रीसनातन संस्कृति संरक्षण अभियानले गौ वनको आवश्यकता र गौसंरक्षणलाई अभियानका रुपमा लगेको छ । साथै उक्त अभियान सम्पूर्ण जातजातिको कुल धर्म र संस्कृतिको रक्षाको लागि आन्दोलनरत छ ।
फागुन १२ गते सम्पन्न हुने महायज्ञमा एक करोड ४९ लाख ८५ हजा बत्ति प्रज्वलन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ गरिएको हो । 

प्रतिकृया दिनुहोस