लक्ष्मीवैकुण्ठनाथ गुरुकुल सञ्चालनार्थ जारी महायज्ञमा सहयोगीको उत्साह बढ्दै

चितवन,२५ माघ । भरतपुर–४ लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित वैकुण्ठनाथ परमवैदिक विद्या प्रतिष्ठानम् (गुरुकुलम्को) सर्वाङ्गीण विकासका लागि बृहत अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ मा सहयोगीहरूको उत्साहमा वृद्धि भइरहेको छ ।

फागुन ६ गते शिवरात्रिसम्म चल्ने सो महायज्ञ चौँथो दिनसम्म आइपुग्दा नगद र बोलकबोल गरी झण्डै १ करोड रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए । जारी महायज्ञको प्रथम चरणमा यशोदादेवी माताले प्रवचन गरिरहेकही छन् ।

आजको कार्यक्रमका प्रमुख अतिथि मन्दिर संस्थापना परिपूरक टिकाराम कँडेलले गुरुकुल संचालनका लागि भइरहेको महायज्ञमा सहयोग गर्न सबैलाई आह्वान गर्दै धार्मिक कार्यमा अग्रस्थानमा रहेको लंकुका बासिन्दाहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रम महायज्ञ सम्पादन मूल समितिका सदस्य ईश्वरीप्रसाद कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...