गैँडाकोटमा आजदेखी सुरु हुने कोटीहोम महायज्ञको तयारी पुरा

गैँडाकोट,२३ माघ । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा आजदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो । यही माघ २३ गते आज देखी फागुन १ गतेसम्म हुने ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिनुभयो ।

महायज्ञको शहरी विकास मन्त्री बिक्रम पाण्डेले उद्घाटन गर्ने उहाँले बताउनुभयो । बिहान ९ बजेदेखी कलश शोभा यात्रा र १२ बजे उद्घाटन कार्यक्रम तय गरिएको महायज्ञका सह–संयोजक एवं आर्थिक समितिका संयोजक वेदप्रसाद गौडेलले बताउनुभयो । योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा समावेशी २४ जना बटुकहरुलाई अध्ययन गराईदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो ।

प्रतिकृया दिनुहोस