नेपालबाट लगिएको शिला राम मन्दिर ट्रष्ट्रलाई हस्तान्तरण

काठमाडौं,२० माघ । भारतको उत्तर प्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमका बीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ ।

जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पुर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका कल्याण सिंह तिमल्सिनाले काली गण्डकी नदीबाट लगिएका देवशीलालाई विशेष पूजा गर्दै श्रीरामभूमी तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् ।गलेश्वरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरेर बिहीबार बाजागाजा र बेनी बजार परिक्रमा गराई शिलालाई जनकपुर पठाएको हो । ।

 

अयोध्यामा निर्माण भइरहेको राम मन्दिरमा मूर्तिका लागि नेपाल सरकारले काली गण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।

यसरी पुग्यो देव शिला अयोध्या

गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बाल रुपी मुख्य मूर्ति बनाउन काली गण्डकी नदीका शिला पठाउने निर्णय गर्‍यो।

त्यसपछि पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले काली गण्डकी नदीबाट शिला निकाल्नेदेखि धनुषा पुर्‍याउँदासम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्‍यो । सोही अनुसार प्रदेश सरकारले शिला खोज्न, उत्खनन गर्न र ढुवानीका लागि भन्दै ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।

म्याग्दीको बेनीस्थित काली गण्डकी नदीबाट १६ र १८ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिला पहिचान गरियो।

ढुंगाको उमेर एक हजार वर्ष भन्दा पुरानो भए/ नभएको अध्ययन गर्न इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका भूगर्भविद् नवराज न्यौपानेलाई जिम्मेवारी दिइयो ।

अध्ययन गर्दा एक हजार वर्ष भन्दा पुरानो भएको पाइएपछि सोही ढुंगाको क्षमा पूजा सम्पन्न गरेर मुख्यमन्त्री खगराज अधिकारीले जानकी मन्दिरका पिठाधीसलाई हस्तान्तरण गरे।

म्याग्दीदेखि अयोध्यासम्म शिला पठाउन सबैभन्दा अग्रसर भएर नेपाली कांग्रेस नेता विमलेन्द्र निधि तथा केही नेतहरु लागेका थिए ।

 
 

प्रतिकृया दिनुहोस