बागलुङ कालिका मन्दिर कलात्मक बनाइँदै
गलकोट,१९ माघ । गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले आफ्ना संरचना रुपान्तरण गर्न थालेको छ ।
“कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाइने र मन्दिरको भित्री भागमा रहेको काठलाई परिवर्तन गर्ने हो, केही संरचनालाई विभाजन गरेर पुनःनिर्माण गर्ने हो” उनले भने,“मर्मत सम्भारपछि मन्दिरको बाहिरी संरचना अहिलेको भन्दा बढी कलात्मक हुनेछ, पुरातात्विक बन्ने छ ।” उनका अनुसार मन्दिर क्षेत्रमा निर्माण हुने अन्य संरचनासमेत कलात्मक र पुरातात्विक हुनेगरी निर्माण थालिएको हो । अहिले मन्दिरको पूर्वपट्टी निर्माण गर्न थालिएको सत्तल र हबन अग्नि कुण्डलाईसमेत कलात्मक बनाइने गरी मात्रै निर्माण सुरु गरिएको छ । हवन कुण्डको भित्री संरचना पक्की बनाइए पनि बाहिर काठका कलात्मक चित्र बनाइएको हो ।
“सिमेन्ट र ढुङ्गा जडित संरचनालाई विस्तारै हटाउँदै कलात्मक बनाउने कालिका मन्दिरको पञ्चवर्षीय योजना हो, तर समय लाग्छ भित्री संरचना क्रङ्क्रिटको भए पनि बाहिरी संरचना भने कालात्मक, विभिन्न काष्ठकला र धातु जडित सामग्री प्रयोगबाट निर्माण गर्ने योजना सुरु भएको छ” उनले भने, “अहिले मर्मत गर्र्न थालिएको मुख्य मन्दिर, निर्माण गर्न थालिएको सत्तल र हवन कुण्डबाट मन्दिरले आफूलाई कलात्मक बनाउने योजना सुरु गरिएको छ, यो तयार गर्ने संरचना मन्दिरको आन्तरिक स्रोतबाट मात्रै गरिने छ ।”
कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रम अन्तर्गत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाउने कामको थालनी गरिएको छ । बाहिरी आवरण नयाँ भए पनि कालिका मन्दिरको भित्री संरचना जीर्ण भएकाले कलात्मकस्वरुप देखिनेगरी कालिका मन्दिरको पुनःनिर्माण गर्न थालिएको कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
अहिले मन्दिरको बाहिरी आवरण इटैइँटाको छ भने ताम्रापत्रले छाएको छानोसमेत चुइने भएकाले मन्दिरलाई कलात्मक तरिकाले रुपान्तरण गर्न थालिएको हो । कालिका मन्दिरको भित्री संरचना जीर्ण भएको, तामाको छानो चुहिने भएका कारण कालिका मन्दिरको भित्री संरचना मर्मत गर्दै नयाँ तामाको छानो छाइन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बता
प्रतिकृया दिनुहोस