कोटिहोम महायज्ञमा धार्मिक कार्य गर्न न्युनतम शुल्क निर्धारण,कमजोरलाई निःशुल्क

चितवन, १८ माघ । साङ्ग–बिराट्–श्रीगायत्रीकोटिहोम ज्ञानमहायज्ञमा धार्मिक कार्यक्रम गर्न चाहने भक्तजनको लागि न्युनतम शुल्क निर्धारण गरिएको छ । माघ १२ गतेदेखि सुरु भएको महायज्ञमा ब्रतबन्ध र ग्रहशान्तिगर्न पाँचहजार ५००, चौरासीगर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।


महायज्ञमा एक दिनको समग्र भोजनलाई सहयोग गर्न एक लाख दुई हजार, भक्त प्रसादको लागि ५१ हजार, ब्राह्मणलाई एक दिनको भोजनको लागि ५१ हजार, एक छाक भोजनको लागि २५ हजार ५०० र एक दिनको महाआरतीको लागि दुई हजार ५०० रुपैयाँ सहयोग गर्न सकिने महायज्ञ आयोजकले जनाएको छ । 


महायज्ञको लागि स्वस्फुर्त रुपमा चरु संकलन गर्न गाउँ–गाउँमा ट्रेक्टर परिचालन गरिएको महायज्ञ संयोजकएवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज) ले जानकारी दिए । शालग्रोमश्वर शिवलिंग निर्माण अन्तिम चरणमा पुगेको छ भने महायज्ञमा भक्तजनको उपस्थिती बढ्दो रहेको उनले बताए ।


दुई दिनको लागि चरु स्टक रहेको उलने बताए । धार्मिक अनुष्ठानको लागि स्वतस्फुर्त रुपमा चरु संकलन तथा प्रदान गर्न उनले भक्तजनलाई आग्रह गरे । महायज्ञमा दैनिक रक्तदान कार्यक्रम र स्वास्थ्य परीक्षण पनि हुँदै आएको छ । महायज्ञमा हालसम्म १२० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
राप्ती नगरपालिका–१ स्थित लखेश्वर शिवालय मन्दिर, महिला तथा किसान समूह, सिद्धिविनायक मन्दिर, राप्ती–२ का आमा समूह र राप्ती–४ स्थित मुकुन्देश्वर मन्दिर, ऋषेश्वर शिवालयमन्दिर, लक्ष्मीनारायण मन्दिर र विभिन्न समूहले मंगलबार कोटिहोम महायज्ञको लागिहवन सामाग्री र नगद तथा जिन्सी सामाग्री उपलब्ध गराएका थिए ।

 
कोटिहोम महायज्ञमा सरिक हुन माडीका भक्तजनहरुलाई पनि आग्रह गरिएको छ । माडीमा महायज्ञको प्रचारप्रसार समिति संयोजकमा सुदर्शन सुवेदीचयनभएका छन् । चरु दान गर्न चाहने भक्तजनले रेवेश्वर मन्दिर बरुवा, बसन्तपुरस्थितगुप्तेश्वर मन्दिर, पूर्वी माडीको शनितथाकालिकामन्दिरलगायत स्थानमापुगेर दानगर्न सक्ने उनले बताए ।


 

प्रतिकृया दिनुहोस