वैकुण्ठनाथ गुरुकुल संचालनार्थ लंकुमा हुने महायज्ञमा सहयोगीहरूको उत्साह बढ्दै
चितवन,१८ माघ । भरतपुर-४, धर्मचोक, लंकुस्थित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ माघ २१ देखि फागुन ६ गतेसम्म हुने श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ नजिकिँदै जाँदा सहयोगीहरूको उत्साह वृद्धि हुँदै गइरहेको छ ।
यस्तै महायज्ञको उद्घाटन हुने दिन भन्दा अघिल्लो दिन २० गते दिउसो २ बजे हुने मोटर साइकल र्यालीका लागि नाम टिपाउन थुप्रै युवाहरूले चासो देखाएको र अहिले यज्ञमण्डप, हवनशाला, ज्ञानमञ्च निर्माण एवम् गाउँ गाउँमा उपसमिति गठन आदि गर्ने कार्य भइरहेको मूल समितिका सह-सचिव डा. गोपीनाथ कंडेलले बताउनुभयो।
यहि माघ १६ गते आयोजना गरिएको बृहत् भेलामा थप १२ लाख रकम बोलकबोल भएको छ। आजसम्म झण्डै ६८ लाख रकम बोलकबोल भएको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष रामप्रसाद कंडेलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस