पूर्व डिआईजी महतले बनाए श्रीमतीको स्मृतिमा मन्दिर र चौतारी

चितवन,१३ माघ । चितवनको भरतपुर १ रामनगरमा मोक्षदाता गणेश मन्दिर, देउराली देवी मन्दिर र मिना स्मृति चौतारीको उद्धघाटन गरिएको छ ।

सरस्वती पूजाको अवसर पारि पूर्व प्रहरी नायब महानिरिक्षक (डिआईजी) ज्ञानेन्द्रविक्रम महत अध्यक्ष रहेको मीना स्मृति प्रतिष्ठान नेपालले निर्माण गरेको देउराली देवी मन्दिर, लखन पार्कमा मिना स्मृति चौतारी र रामनगर पुष्प बाटिकामा मोक्षदाता गणेश मन्दिर आज एक साथ उद्धघाटन गरिएको हो ।

पूर्व डिआईजी महतको स्वर्गीय मिना महतको स्मृतिमा वार्षिक तिथिको अवसर पारेर शिलन्यास गरि निर्माण पुरा गरेको मन्दिरहरु र चौतारीको २५ लाख रुपैयामा लगात लागेको मिना स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष महतले जानकारी दिए ।

उनले जीवनसंगिनी भौतिक रुपमा नरहेपनि मन्दिर, पार्क र चौतारीको रुपमा सधैँ आफुसँगै हुने बताए ।आफू प्रहरी जागिरे अवधिमा नै रहदाँ समाजसेवा गर्नुपर्छ भन्ने भाव रिटार्यट हुदाँ पनि जागृत रहेकोले आफू यस क्षेत्रमा निरन्तर सामाजिक काममा लागेको उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रहरी शिक्षालयकी डिआईजी दुर्गा सिंह, व्यवसायी राजेन्द्र अर्याल लगायतले महत परिवारको समाजिक कार्य सबैका लागि प्रेरणाको स्रोत बनेको बताए ।वि.सं. २०११ साल साउन २९ गते जन्मिएकी सामाजिक कार्यमा अग्रसर मीना महतको २०७७ चैत २८ गते निधन भएको थियो ।

उनको दिर्घरोगका कारण निधन भएको थियो ।नेपाली सेना अन्तर्गत हेलिकप्टर सेवामा फ्लाइट अप्रेसन अधिकृतका रुपमा २५ बर्ष काम गरेकी थिइन् ।

उनले प्रहरी परिवार महिला संघ पश्चिमाञ्चलको अध्यक्षको भूमिका समेत निर्वाह गरेकी थिईन् । पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्र बिक्रम महतलाई सामाजिक, धार्मिक, अध्यात्मिक क्षेत्रमा उतार्न उनको जीवन संगिनी मिनाको ठुलो हात रहेको जनाकारहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस