भोली देखि अर्जुनधारा जलेश्वर धाममा ब्रह्माण्ड महापुराण कथा वाचन हुने

नेपालको मेची अञ्चलको झापा जिल्लाको  अर्जुनधारधाममा  भोली मंसिर १ देखि मेला लाग्ने भएको छ  अर्जुनधारा जलेश्वर धाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको हो । । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बाला चतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ ।

पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ । यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ । मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ । शिव म िदर, विष्णु म िदर र अन्य म िदरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रा ित आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ । जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी रभ्ने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ। सातकुने उक्त पोखरीको द िषण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू छन जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गी विरङ्गी माछाहरू पाइन्छन्।

 

प्रतिकृया दिनुहोस