आज कुशे औंसी , बुवाको मुख हेर्ने दिन
आज वैदिक सनातनीहरुको महत्वपुर्ण पर्व कुसे औसी साथै बुवाको मुख हेर्ने दिन । यो दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेला लागेको छ। गोकर्णेश्वरमा बिहानैदेखि मानिसहरुको भीड लागेको छ।थियो । विगत २ वर्ष यस पर्वका दिन वुवासगै नहुने सन्तानले कोरोनाका कारण वुवा भएको ठाउँमा गएर वुवालाई मिठो मसिनो खुवाउन पाएका थिएन् । यसपटक भने सहज भएको छ ।धेरैले आफ्नो दिवंगत वुवाको सम्झना का साथै वुवा हुनेले वुवालाई भेटघाट गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेका छन् । सनातन सस्कारमा वुवा आमालाई भगवानको स्वरुप मानेको पाहिन्छ ।
प्रतिकृया दिनुहोस