प्रधानमन्त्री देउवाले गरे विश्वनाथ मन्दिरमा पुजाअर्चना र वृद्धाश्रम शिलान्यास
काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् । सो देउवा पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा लगायका उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागी थिए । नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमास्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए ।
भारत भ्रमणमा नै रहेका क्रमममा प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ । बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा ३ दिने भारत भ्रमण सकेर आइतवार साझँ नै नेपाल फ्रकिएका थिए । । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।
प्रतिकृया दिनुहोस