कोरोना फैलन नदिन धरानका मठमन्दिरमा नआउन भक्तजनलाई अपिल
कोरोना संक्रमण फैलिदै गएपछि धरानमा रहेका धार्मिकस्थलहरुमा नित्य पुजा मात्र गर्न नदिइने भएको छ ।
धरान उपमहानगरपालिकाको आज(आइतबार) बसेको कार्यपालिका बैठकले पुजारीलाई दैनिक नित्य पुजा गर्न दिने र सर्वसाधारण भक्तजनहरुलाई दर्शन तथा पुजाअर्चना बन्द गर्ने निर्णय गरेको प्रशासनकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार मन्दिरहरुमा भिडभाड देखिएकोले संक्रमण समुदायस्तरमा फैलने खतरा भएकोले यस्तो निर्णय गरेको हो । 'नित्य पुजा मात्र गर्न दिने निर्णय भएको छ, सर्वसाधारणको लागि बन्द गछौं', खतिवडाले भने, 'भोली सोमबार माइकिंग गछौं, र वडाहरुलाई पनि जानकारी गराउछौं ।'
वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटट्राईले मन्दिरहरुमा धरानबाहिरबाट धेरै संख्यामा भक्तजनहरु आउने र संक्रमणको जोखिम बढेकोले नित्य पुजा गर्न गर्ने निर्णय भएको बताए । उनले भक्तजनहरुलाई कोभिडको महामारी भएकोले पुर्जाअर्चना गर्न नआइदिन पनि अपिल गरेका छन् । 'आस्था माथि बन्देज गर्ने नियत होइन, तर अहिले कोभिडको महामारीले बिषम परिस्थिति बनेकोले यो निर्णय गर्नुपरेको हो, मठमन्दिरमा नआइदिन आग्रह गछौं,'अध्यक्ष भट्टराईले भने । - क्लिक धरान
प्रतिकृया दिनुहोस