शुक्रवारबाट पशुपतिनाथ मन्दिर बन्द

बैशाख, ९ । करिब पाँच महिना पछि खुलेको पशुपतिनाथ मन्दिर दर्शनमा फेरि सर्वसाधारणको लागि रोक लगाएइको छ । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फैलिने डरले पुशपतिनाथ मन्दिरको दर्शनमा पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि रोक लगाएको हो । आज बिहिबार पशुपति क्षेत्र विकास कोषले आज एक सुचना जारी गर्दै यसको जानकारी गराएको हो । भोली बैशाख १०९ गतेबाट अर्को सुचना नआएसम्म पशुपति गुहेश्वरी मन्दिर नित्य पुजा बाहेक सबै क्रियाकलाप बन्द गरिने सुचना मार्फत जानकारी गराइएको छ ।

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ । सरकारले संक्रमण रोग ऐन, २०२० को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा छ ।

प्रतिकृया दिनुहोस