पश्चिम चितवनको कालिका मन्दिरमा नयाँ नेतृत्व
ज्योतिनगर,१० असोज । भरतपुर महानगरपालिका २६ मा रहेको कालिका मन्दिर व्यवस्थापन समितीको अध्यक्षमा काशीनाथ घिमिरे चयन हुनुभएको छ । मन्दिर परिसरमा ज्योतीनगरमा आज शनिवार एक कार्यक्रम बिच सम्पन्न पन्ध्रौं अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो । आज नै समितिको उपाध्यक्ष देबकी अधिकारी, सचिव सुन बहादुर गुरुङ, सहसचिव भद्र कृष्ण मिश्र,कोषाध्यक्ष लोकनाथ रेेग्मी सहित १० सदस्य गरी १५ सदस्यीय नयाँकार्यसमितिको चयन गरिएको छ । सदस्यहरुमा शिवभक्त पन्डित , कृष्णकान्त सापकोटा,ईश्वरीराज अधिकार ि, नवदत्त अधिकारी , हितमान गुरुङ, रामचन्द्र अधिकारी , जानकी अधिकारी दिनेश अधिकारी , दिलकुमार चापागाई , शरन बहादुर चन्द चयन हुनुभएको छ ।
। उक्त कार्यक्रममा प्रमुख आतिथी मन्दिरका सस्थापक सदस्य एवं संरक्षक संयोजक महेश्वर घिमिरे रहनु भएको थियो ।
कार्यक्रम को उद्घाटन सत्रलाई सम्बोधन गर्दे प्रमुख अतिथी घिमिरेले मन्दिर स्थापना गर्दाका क्षणहरु सम्झनु भएको थियो । उहाँले मन्दिर वर्तमानको अवस्थामा आईपुगेकोमा खुशी हुदै मठमन्दिरको संरक्षणले सबैको कल्याण हुने बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी पृथ्वीमान गुरुङले वैदिक सनातन धर्मको महत्व माथी प्रकास पार्नुभयो । उहाँले त्रेता युगमा रावणले विमान चढेको भन्नुुहुदै हाम्रा पुराण र शास्त्रहरुको महिमा बुझेर अगाडी बढ्न सबैलाई आग्रह समेत गर्नुभयो । सो अवसरमा मन्दिरका चन्दादाता चन्द्र विलास अधिकारी, भरतपुरमहानगर कार्यपालिका सदस्य गीताकुमारी शर्मा पौडेल, साविक दिव्यनगर गाविसका अध्यक्ष बुद्धि बहादुर गुरुङ, मन्दिरका पूर्व अध्यक्ष दल बहादुर गुरूङ, धार्मिक एवं सामाजीक व्याक्तित्वहरु लिलाधर पौडेल, सीता दर्जाी, ऋषिराम घिमिरे , भरत अधिकारी , ज्योती जुनेली गुरुङ समाज सचिव ,लगायत स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो । े। उक्त अधिवेशनको निवार्चन मण्डलका सदस्य जीवाखर ढकालले सहजीकरण गर्नुभएको थियो उक्त कार्य समितिमा सर्वसम्मत रुपमा चयन भएको उक्त अधिवेशनका निर्वाचन मण्डल संयोजक रामनाथ घिमिरेले जानकारी दिनु भयो मन्दिरका का.वा अध्यक्ष देवकी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रम कालिका मन्दिर ब्यबस्थापन समितिको सदस्य एव सामाजिक व्यक्तित्व गीता गुरुङ ले स्वागत मन्तव्य राख्नु भएको थियो। । ५ सय जना भन्दा बढि सदस्य रहेको सो मन्दिर ८ कठ्ठा क्षेत्रफलमा रहेको छ । कालिका मन्दिरमा परिसरमा १०८ शिवलिङ्ग सहित विभिन्न देवीदेवताका मन्दिरहरु रहेका छन् । मन्दिर पुर्व मन्त्री स्व जमान सिंह गुरुङ ,प्रमुख अतिथि महेश्वर घिमिरे लगायतको पहल मा निर्माण भएको थियो ।यो मन्दिर पश्चिम चितवनको धार्मिक र एतिहासिक धरोहरको रूपमा स्थापित भईसकेको छ।वि.स २०२७ सालमा स्थापना भएको मन्दिरमा विभिन्न समयमा भागवत ,लगायतका धार्मिक अनुष्ठानहरु हुने गर्दछन् ।
प्रतिकृया दिनुहोस