लक्ष्मीवैकुण्ठनाथ मन्दिरनिमार्णका लागि सञ्चारमाध्यमबाट प्रवचन
असोज ७, लंकु । चितवनको धार्मिक क्षेत्रका रुपमा परिचित भरतपुमानगरपालिका४,लंकुमा निमार्ण भइरहेको लक्ष्मीवैकुण्ठनाथ मन्दिर का लागि आर्थिक सहयोग जुटाउन जनजागरणात्मक एक मासव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।। उक्त भेलामा नव मन्दिर निर्माण आर्थिक समितिका अध्यक्ष चेतनारायण सापकोटा, मन्दिरद्वारा संचालित गुरुकुल संचालक समितिका अध्यक्ष यमलाल कंडेल लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन मन्दिर संचालक समितिका सचिव कमलनयन कंडेलले गर्नुभएको थियो । सञ्चार माध्यमबाट नै जनजागरणात्मक एकमासव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ चितवनको धार्मिक क्षेत्रका रुपमा परिचित भरतपुमानगरपालिका४,लंकुमा हुने भएको छ । लंकुमा निमार्ण भइरहेको लक्ष्मीवैकुण्ठनाथ मन्दिर का लागि आर्थिक सहयोग जुटाउन का लागि आगामि असोज १० गतेबाट महायज्ञ गरिन लागिएको हो । े लक्ष्मीवैकुण्ठनाथ मन्दिर परिसरमा आज बुधवार बसेको एक भेलाले कोभिड १९ को जोखिम कारण महायज्ञ सञ्चारमाध्यमबाट भएपनि गरिन लागिएको मन्दिर संचालक समितिका सचिव कमलनयन कंडेलले जानकारी दिनुभयो । श्री लक्ष्मीवैकुण्ठनाथ मन्दिरका मठाधिस स्वामी जगन्नाथाचार्यको निर्देशन तथा ईश्वरकृण्ण महाराजको प्रधान व्यवस्थापन गरिन लागिएको सो महायज्ञमा नेपालका विशिष्ठ सन्तमहन्तहरुले प्रवचन गर्नु हुनेछ । मन्दिरका पिठाधिश स्वामी जगन्नाथाचार्य अध्यक्षतामा आज भएको सो भेलामा पुराणवाचक ईश्वर कृष्ण महाराजको प्रमुख आतिथी रहनु भएको थियो । सो भेलाले धार्मिक व्याक्तित्व गोपालप्रसाद कंडेलको संयोजकत्वमा १७ सदस्यीय महायज्ञ सम्पादन समिति पनि गठन गरेको छ ।मन्दिर संचालक समितिका उपाध्यक्ष सावित्री कंडेलज्यूले कोभिड १९ को कहर विस्तारै कम हु दै गएको बताउनु हुदै मन्दिर निमार्णको खर्च जुटाउन का साथै अधिकमास महत्व जनजनमा पुराउन महायज्ञ आयोजना गर्न लागिएको प्रष्टाउनु भयो । त्यहि नै वि.स २०२७ सालमा लक्ष्मीवैकुण्ठनाथ मन्दिर बनाइएको थियो । हाल बन्न लागेको मन्दिर भने अत्यन्त आार्कषक हुनुका साथै १५ करोड लागतमा निमार्ण गरिन लागिएको मन्दिर समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस