आज कुशे औंसी र बुवाको मुख हेर्ने दिन

काठमाण्डौ, भाद्र २४ । आज कुशे औंसी, वैदिक सनातनीहरुको को पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउँदै देशैभर कुसे औंशी पर्व मनाईंदैछ । प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।

‘कुश’लाई देवस्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि 
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।कार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति मानिन्छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । बौद्ध धर्मावलम्बीसमेतले पवित्र वस्तुका रूपमा लिने कुशलाई घरमा राखे मात्रै पनि घर पवित्र हुने धार्मिक विश्वास रहेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो ।आज यहि कुशे औशीका दिन वैदिक सनातनीहरुले वुवाको मुख हेर्ने दिनको रुपमा पनि मनाउने गर्छन् । आफ्नो जन्म दिने वुवालाई छोरा छोरीहरुले मिठो परिकार उपहार दिने गर्दछन् । कुशको वैज्ञानिक महत्व पनि रहेको प्रमाणित भएको छ । कुशले विकिरणहरुलाई परार्वतन गर्ने गर्दछ । यसलाई कुचालक विरुवाको पनि लिने गरिन्छ । सोमवार कुशे औंसी पर्यो भने त्यो कुश अन्य वर्षहरुमा पनि काम लाग्दछ नत्र प्रत्येक वर्ष भरी कुश प्रयोग गरिने मान्यता रहेको छ । 

आज यहि कुशे औंसीका दिन वैदिक सनातनीहरुले वुवाको मुख हेर्ने दिनको रुपमा पनि मनाउने गर्छन् । आफ्नो जन्म दिने वुवालाई छोरा छोरीहरुले मिठो परिकार उपहार दिने गर्दछन् । 

बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् । बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...