अयोध्याको इतिहास खोज्न माडी नगरपालिकाले गर्यो पण्डितको भेला

चितवन, असार ३०-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्री राम नेपालकै र अयोध्या पनि नेपालमै भएको बताएपछि धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग आएको छ । यसै विषयलाई थप पुष्टि गर्न मंगलबार पण्डित तथा आध्यात्मिक क्षेत्रका ज्ञाताहरुको भेला गरी नगरपालिकाले माडीको अयोध्यापुरी क्षेत्रसंग भगवान श्री रामको सम्बन्धको खोजी गर्ने अभियान थालेको हो 

 माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले राम र अयोध्यासँग जोडिएका ऐतिहासिक गुफा तथा मन्दिरहरु माडीको बाल्मीकि आश्रम र सोमेश्वर पर्वत क्षेत्रमा रहेकाले यस सम्बन्धी तथ्यहरुको खोजीका लागि इतिहासकार, पण्डित तथा अनुसन्धानकर्ताको वृहद भेला राख्ने सोच बनाएको बताए । उनले  भने, ‘देशभरका मिडियाहरुले तथ्यहरुको बारेमा सोधेकोले पनि आफू यसको खोजीमा लागेको छु । यस विषयमा इतिहासकार, पण्डित तथा अनुसन्धानकर्ताको वृहत् भेला राख्ने सोच बनाएको छु ।

मेयर ढकालकै अग्रसरतामा आज माडी नगरपालिकामा पण्डितहरुको भेला पनि राखिएको थियो । मेयर ढकालले भने, ‘ आज ५ जना पण्डितहरु आउनुभयो । सबैले आफ्ना तथ्यहरु प्रस्तुत गर्नुभयो   । राम यसै क्षेत्र वरिपरी जन्मिएको भन्ने यथेष्ट प्रमाणहरु भेटिएका छन् ।’

साबिकको अयोध्यापुरी गाउँ विकास समिति अहिलेको माडी नगरपालिकाको ८ र ९ नम्बर वाडमा पर्छ । क्षेत्र मार्फत् नभएर रामायणसँग जोडिएका धेरै तथ्यहरु रहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘वाल्मीकि आश्रम, सीताराम गुफा, लवकुशको सन्दर्भ जोडिएका सबै स्थलहरु माडी क्षेत्रमा नै पर्छन् । यसअघि नै माडी नगरपालिकाले वार्षिक कार्यक्रममा धार्मिक पर्यटकीय क्षेत्रको विकासलाई राखेको छ ।

प्रतिकृया दिनुहोस