गौशालाका गाईहरु र गौ सेवकको लागि भुस र चामल
वागीश्वरीधाम चितवन,वैशाख ,८ ।भरतपुर १ देवघादटधाममा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमबाट सञ्चालित गौशालामा रहेका गाईहरु र गौ सेवकको लागि विभिन्न सहयोग सहयोग प्रदान गरिएको छ । आइतवार आश्रम परिसर ,व्यवसायी तथा समाजेवी मनकारी दम्पती धुव्र कुमार प्रधान र राम प्यारी प्रधानले गाईहरुको लागि भुस र गौसेवकको लागि चामल सहयोग गर्नु भएको छ । उहाँले २ सय ५० किलो भुष र ५० केजी चामल परिषद्लाई सहयोग गर्नुभएको छ । कोराना भाइरसका कारण विश्व नै संंक्रमणको अवस्थामा रहेको छ । जसले गर्दा नेपालमा पनि गत चैत्र ११ देखि लकडाउन भईहेको छ ।लकडाउन शुरु भएपछि गौशालामा रहेका गाईहरुका लागि पराल , चोकर ,भुस लगायतको खाध्यान्नमा पनि समस्या भइरहेको छ । परिषद्मा रहेका गाईहरु र गौसेवक पनि समस्यामा परेको कारण आफुले आश्रमलाई सहयोग गरेको समाजसेवी प्रधानले बताउनु भयो ।नारायणगढ बेलचोकमा प्रधान खाध््य उद्योग ,त्यसैगरि तनहँुको डुम्ब्े बजारमा किराना पसल लगायतको व्यवशाह सञ्चालन गर्नेु भएको छ ।उहाँले यस अघि पनि आश्रममा विभिन्न सहयोग गरिरहनु भएको छ । सहयोगका लागि धार्मिक तथा सामाजिक अभियन्त हिरा श्रेष्ठले यातयातको व्यवस्था गर्नुभएको आश्रमले जनाएको छ ।सहयोगका लागि धार्मिक तथा सामाजिक अभियन्त हिरा श्रेष्ठले यातयातको व्यवस्था गर्नुभएको आश्रमले जनाएको छ । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमका गौ संरक्षण समितीका संयोजक राम प्रसाद ओस्तीले विषम परिस्थीतिका बेला पनि आश्रमलाई भुस ,चामल लगायतको सहयोग गर्नु सार्है पुण्य कार्य भएको बताउनु भयो । कोभिड १९का कारण गौशालामा रहेका गाईहरुका लागि पराल , चोकरहरुको समस्या परेको आश्रमका निरञ्जननाथ योगीले बतानुभयो । भरतपुर १ देवघाटमा रहेको सो आश्रममा हाल ् गौशाला गुरुकुल , योग तथा प्राकृतिक चिकित्सालय लगायत सञ्चालनमा आइरहेका छन् । ।
स्थानिय प्रजातिका लोपन्मुख गांवशंको संरक्षणका लागि सञ्चालित सो गौशालामा हाल १७० भन्दा बढि गाईहरु संरक्षण गरिएको छ ।
प्रतिकृया दिनुहोस