चितवनका मन्दिरहरुमा चारो बाड्दै समाजसेवी अरुण
विश्व राज अर्याल
चितवन, चैत२६
भरतपुर हामिकचोक मा रहेको मालीका मन्दिरमा बोरा बोकेर पुग्नुभयो , नारायणगढका समाजसेवी अरुण कुमार पिया । त्यो वोरामा थियो परेवाहरुको चारो । जीवन यति धेरै चारो लिएर मन्दिर पुग्नु भएको पहिलोपटक हो उहाँ ,१,२ माना चारो मन्दिरमा लग्ने त उहाँले धेरै पटक नै गर्नुभएको छ वितगमा , तर यसपटक भने वोरा भरी चारो लानुको कारण थियो विश्वभरी फैलिएको महामारी कोभिड १९ । उहाँले मालीका मन्दिर मात्र होइन सोमवार नारायणगढका हरिहरमन्दिरमा पनि यसरी ने वोरा भरी चारो लग्नु भएको हो ।कोरोना भाइरसका कारण विश्वजगत नै यतिखेर आक्रान्त छ, ७२ हजार भन्दा बढिले ज्यान गुमाइसेका छन् । १२ लाख भन्दा बढिमा यसको संक्रमण भएको छ । नेपालमा पनि ९ जनामा यस भाइरसको संक्रमण भएको छ । यस महामारीबाट जोगिन नेपालमा फागुनको दोस्रो हप्ता देखि सभा सम्मेलन लगायतका भिडभाड नगर्ने सरकारले निर्देशन गर्यो । चैत्र ११ गते देखि त लक डाउन नै गरेको छ । यस लक डाउनको अवधि नेपाल सरकारले २०७७ वैशाख ३ सम्मको लागि तोकेको छ । लक डाउनको कारण अन्य क्षेत्र जस्तै मठमन्दिरहरु भएका क्षेत्र पनि शुनशान बनेको छ । मठमन्दिर मा कोहि भक्तहरु नआउने भएपछि त्यहाँ रहेका परेवाहरुको लागि चारोको समस्या मन्दिर व्यवस्थापन समितीले बताएको छ । भरतपुर १० मा रहेको मालीका मन्दिर व्यवस्थापन समितका अध्यक्ष महाप्रसाद शिलवाले मन्दिरमा भक्तहरु नआएपछि परेवाको चारोको अभाव भएको बताउनु भयो । परेवालाई दिने चारो अभाव भएपछि अध्यक्ष शिलवालले सामाजिक तथा धार्मिक अभियन्ता टंकनाथ पौडलसगँ कुरा गरेको बताउनु भयो । विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य टकनाथ पौडेले अध्यक्ष शिलवालको समस्याले मन छोएको बताउनु भयो ।उहाँले भन्नु भयो “ लकडाउनका कारण मानिसहरुले हाफ्नो जोहो गरेका छौ ,राहतको अभियान पनि गर्यौ , तर मानिसहरुसगै आश्रित जनवार , पंक्षिहरुको वारेमा पनि सोच्न पर्ने रहिछ ” । त्यसपछि केन्द्रिय सदस्य पौडेलले नारायणगढ कै सामाजिक व्याक्तित्व अरुण कुमार पियासगँ त्यस विषयमा कुरा गर्नुभयो । धेरै क्षेत्रमा दान गरिरहने चितवनका सामाजिक अभियन्ता पिया पनि त्यो सुनेपछि परेवाको चारोको जोहो गर्न हतासिनु भयो । उहाँ भन्नुहुन्छ “वास्तवमा यो विप्दमा हामीले हामीसगँ आश्रित सबैलाई पनि सम्झन पर्ने रहिछ , परेवाको चारो नै छैन भन्ने सुनेपछि चारो दिने सानो सहयोग मात्र गरेकोे हुँ ” । उहाँले अन्य मन्दिरमा पनि यस्तो समस्या आए सहयोग गर्ने बताउनु भयो । यतिखेर हरेक मठमन्दिरमा रहेका भक्तहरुसगँ आश्रित बादर, परेवाका लागि समस्या भइरहेको गौरी मासिक पत्रीकाका सम्पादक प्रकाशक अर्जुन लामिछानेले बताउनु भयो । उहाँका अनुसार पशुपति क्षेत्रमा पनि लकडाउनका कारण श्रद्धालुहरु आउनुभएको छैन , जसले गर्दा दिनभरी नै खाइरहने वानी परेका मानव समुदायसगँ आश्रित बादरहरुलाई केहि समस्या त अवश्य परेको छ ।यसै गरि
प्रतिकृया दिनुहोस