शुुनशान छ नवरात्रामा पनि मौलाकालिका
गैंडाकोट, १३चैत
नवलपुरको गैंडाकोटस्थित प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा भक्तजनहरुलाई पूजाआजामा रोक शुुनशान भएको छ ।
मौलाकालिका मन्दिर धार्मिक सेवा समितिले एक सूचना जारी गर्दै भक्तजनहरुलाई पूजाआजामा रोक लगाएको हो । समितिका अध्यक्ष शालिग्राम सापकोटाले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएकाले स्थानीय प्रशासनको आग्रहलाई पालना गर्दै भक्तजनका लागि पूजाआजामा रोक लगाईएको बताउनु भयो । । हिजो वुधवारबाट शुरु भएको नवरात्रिमा पनि मन्दिर व्यवस्थापन समितीले पुजाँआजामा रोक लगाएको छ । मौला कालिका डाडाँ विहान [मर्निङ वाक] हिड्नेहरु पनि थोरैको सख्यामा माात्र देखिन्छ । मौलाकालिकामा विहानै मर्निङ वाक गर्नेहरु पनि घुइचो नै हुन्थ्यो । सामान्य भएपछि सबै पूजापाठ खुला गरिने बताउनु भयो । । मौलाकालिका मन्दिरमा अन्य दिनको भन्दा शनिबार दर्शनार्थीको बढी भिडभाड लाग्ने गरेको छ । विजया दशमी ,चैते दशैहरुमा मोला कालिका मा मेला नै लाग्ने गथ्र्याे । मन्दिर निमार्णको इतिहास अति नै प्राचिन रहेको छ । पछि २०५३ सालमा मन्दिर पैगोडा शैलीमा बनार्र्ईएको हो
फेदिदेखी करिब १७ सय खुड्किला ४० मिनेट उकालो चढे मौलाकालिका मन्दिर पुगिन्छ । उकालोमा ढुंगे सिँढी राखिएको छ भने बाटोमा गणेश मन्दिर, सालको जंगल र ठाउँ–ठाँउमा चौतारी छन् । प्यास लागे पानी पिउन धारा छन् । चारैतर्फको मनमोहक दृश्यले उकालो चढेको पत्तै पाइँदैन भने थकान आफैं कम हुन्छ । यो मन्दिर पाल्पाका राजा मुकुन्द सेनले बनाउनु भएको हो ।
१९९० सालको
प्रतिकृया दिनुहोस