जखडीमाई मेलाको तयारी पुरा , होली नखेले पनि पुजाँ सहित जागराम भने बसिने



भरतपुर , २४ फागुन
भरतपुर ११ मा जखडीमाई टोलमा रहेको जखडीमाई मन्दिरमा भोली आईतवार साझँ देखि विशेष मेला शुरु हुने भएको छ । होली पर्वको पावन अवसरमा होलीको अघिल्लो दिन साझँमा यस मन्दिरमा मेला लाग्ने गर्दछ । मेलाका अवसर मा साझँ देखि नै महिलाहरु जागराम बसि जखडीमाई देवीको नाममा दिप प्रज्वलन गर्ने गर्दछन् । होलीको दिन विहान एकातिर बलि दिनेको भिड पनि लाग्ने गर्दछ । अर्कातिर दर्शनगर्ने हरुको पनि घुृईचो लाग्ने गर्दछ । मेलाको लागि ध्वजा ,पतका लगाउने ,धुनीका लागि दाउराहरु लगायतको आवश्यक तयारी पुरा भएको मन्दिर सन्चालक समितीका अध्यक्ष हरि प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेला सम्पन्नका लागि विभिन्न मेला व्यवस्थापन ,पुजाँ व्यवस्थापन ,बली व्यवस्थापन, पार्किङ व्यवस्थापन उपसमिती पनि गठन गरिएको छ । जखडीमाई टोल विकास का अध्यक्ष कमला भुषाल अर्यालले मेला का लागि भव्य तयारी भएको मेलालाई व्यवथित गर्न सक्दो सहयोग गर्नेबताउनु भयो । परापुर्वकाल देखि यो मन्दिरमा पुजाँआजा गरिने स्थानियहरु बताउछन् ।यो मन्दिरमा परापुर्व काल देखि नै कुमाल समुदायले कुल देवीको रुपमा पुज्ने गरेको स्थानिय भिम बहादुर कुमालले बताउनु भयो । त्यहाँ मन्दिर निमार्ण हुनुपुर्व ध्रै पहिला रुख मुनि ढुगांका. मुर्ति रहेको र त्यसलाई नै पुजा गर्ने गरिन्थयो ।पछि स्थानिय मिलेर मन्दिर बनाई पुजाँआजाँलाई व्यवस्थीत बनाइएको मन्दिर सन्चालक समितीका अध्यक्ष पौडेलले जनाउनु भयो । उहाँका अनुसारसमितीका सल्लाकार बद्रि वाग्लेले मुर्ति प्रदान गरि यति प्रतिष्ठापन गरिएको हो । यस मन्दिरमा नवदुर्गा को अवसर र नवदुर्गाकै तृृतियाका दिन विशेष पुजाँ गर्ने गरिन्छ । मन्दिरमा भाकल गरेपछि पुरा हुने जनविश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस