कोटिहोम महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति पुन चितवन आउनु हुने
चितवन, माघ ९-
नारायणगढको नारायणी नदी किनारमा माघ ११ गतेदेखि एक महिनासम्म सञ्चालन हुने कोटिहोम महायज्ञको उद्घाटनका उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले बिहीबार महामहोत्सव स्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा सो को लागि उपराष्टपति पुन शुक्रवार नै चितवन आउनु हुने जानकारी गराइएको हो , महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले महायज्ञको तयारीको काम ९५ प्रतिशत पूरा भएको बताउनु भयो ।
आर्कषक नौ तले यज्ञ मण्डप पनि भइसकेको छ ,साथै १०८ हवन कुण्डसमेत निर्माण भइसकेको र पण्डालहरु लगाउने काम केही बाँकी रहेको मूल वाचक महाराजश्रीले बताउनु भयो । शुक्रबारसम्म महायज्ञको सम्पूर्ण तयारी पूरा हुने उहाँले जानकारी दिनुभयो। महायज्ञमा हवनका लागि नेपाल तथा भारतका विभिन्न तीर्थस्थलबाट १०८ पण्डितहरु महायज्ञस्थल आएका, १०८ तीर्थस्थलको जल ल्याइ पु¥याइएको प्रमुख वाचक महाराजश्रीले जानकारी उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार शनिबार बिहान ७ बजे विभिन्न संघसंस्थाको सहभागितामा कलयात्रासहितको ¥याली पश्चात ११ बजे महायज्ञको उद्घाटन हुनेछ ।
महायज्ञ अवधिभर विवाह गराइने उल्लेख गर्दै साधारण विवाहका लागि पाँच हजार १०० रुपैयाँ भए पनि हात्तीमा सवार गराएर विवाह गराएमा ११ हजार रुपैयाँ शुल्क बुझाए पुग्ने महाराजश्रीको भनाइ छ । महायज्ञ पूर्णरुपमा दर्ता भएर आयोजना गरिएको उल्लेख गर्दै महाराजश्री बाहिरी हल्लाको पछि नलाग्ने समेत आग्रह गरेका छन् । महायज्ञको आयोजक संस्था पशुपति मन्दिरले आन्तरिक राजस्व कार्यालयबाट अस्थायी पान नम्बर लिएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउँदै कोटिहोम महायज्ञ लगाएको समेत महाराजश्रीले स्पष्ट पार्नुभयो। कार्यक्रममा महायज्ञ मूल समिति संयोजक लालबहादुर दवाडीले महायज्ञका संकलन भएको हरेक हिसाब पारदर्शी हुने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस