कोटीहोम महायज्ञ मूल समारोह समिति विस्तार
चितवनका सामाजीक व्याक्तित्व लालबहादुर दवाडीको संयोजकत्वमा मूल समारोह समितिको विस्तार गरिएको हो । समितीको महासचिव एवम् प्रवक्ताको रुपमा दिलीप न्यौपाने चुनिइएको छ भने ११ सदस्यीय सचिवालय समिति समेत गठन
पुस २६ नारायणगढ । भरतपुर २३ जगतपुरमा १२ बिघा क्षेत्रफल अवस्थित पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले आगामी माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने विराट कोटीहोम महायज्ञको मूल आयोजक समारोह समिति र एक समारोहका बिच विस्तार गरिएको छ । महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउनका लागि शनिबार मूल समारोह समिति विस्तारलाई विस्तार गरि २ ०० १ सदस्यीय बनाइएको छ । चितवनका सामाजीक व्याक्तित्व लालबहादुर दवाडीको संयोजकत्वमा मूल समारोह समितिको विस्तार गरिएको हो । समितीको महासचिव एवम् प्रवक्ताको रुपमा दिलीप न्यौपाने चुनिइएको छ भने ११ सदस्यीय सचिवालय समिति समेत गठन गरिएको छ । सचिवलायको संयोजकमा पनि लालबहादुर दवाडी, महासचिवमा दिलीप न्यौपाने, सदस्यहरुमा मनोज पुडासैनी, रामबहादुर कुँवर, कृष्णश्याम गिरी, चेतनाथ वाग्ले, तुलाराम विक र रामहरि दवाडी रहेका छन् भने तीन सदस्य पछि थपिने जनाइएको छ । त्यस्तै महायज्ञको सल्लाहकार संयोजकमा नारायणप्रसाद आचार्य रहनु भएको छ । सो महायज्ञमा ४५ वटा उपसमिति, ३३ जनाको कार्य सम्पादन समिति, १०८ जनाको पूर्ण समिती बनाएको महायज्ञका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । नारायणगढ तर्फको नारायणी किनारमा सञ्चालन हुने १०८ कुण्डीय कोटिहोममहायज्ञ ,श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६ को तयारीका काम तीव्र गतिमा भइरहेको महायज्ञका प्रमुख वाचक युवा पण्डित बालयोगेश्वर महाराजश्रीले बताउनु भयो । १०८ कुण्डीय कोटिहोम स्थलमा नौ तले यज्ञ मण्डप निर्माणको काम भइरहेको बताउदै बालयोगेश्वर महाराजश्रीले यज्ञ मण्डपस्थल छाउने काम भइरहेको जानकारी दिनु भयो । उहाँका अनुसार एकैसाथ ३ हजार भन्दा बढी भक्तजनले कथा श्रवण गर्न सक्नेगरि तीन कठ्ठा जमिनमा यज्ञमण्डप निर्माण भइरहेका छ । चितवनमा आयुर्वेिदक शिक्षालय स्थापना गर्ने अस्हाय ,फरक क्षमता भएकाहरुलाई सहयोग गर्ने लगायतका उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको आयोजकको भनाई छ । उक्त बिराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता धर्मपाल वशिष्ठ गुरुले महायज्ञ सञ्चालन हुनपूर्व विभिन्न २९ स्थानमा हवन सक्ने सङ्कल्पसहित काम भइरहेको बताउनु भयो । १ महिना सम्म सञ्चालन गरिने उक्त महायज्ञ अवधि भरी धार्मिक अनुष्ठान का साथै विभिन्न कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ । महायज्ञकै अवसरमा शंख बजाउने, गीता वाचन, प्रतियोगीता आयोजना गर्ने , मौलिक नेपाली भजन ,प्रतियोगीता का साथै सन्त सम्मेलन समेत गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस