नारायणी नदी किनारमा १ महिना सम्म कोटिहोम महायज्ञ

पुष , २० , नारायणगढको नदी किनारामा १ महिना सम्मा कोटिहोम महायज्ञ लगाइने भएको छ । भरतपुरमहानगर पालिका २३ जगतपुरमा रहेको पशुपतिनाथ मन्दिरलाई वृहत धामका रुपमा विकास गर्न नारायणगढको नारायणी किनारमा महायज्ञ लगाइने भएको  हो  । आगामी माघ ११ गतेदेखि फागुन ११ गतेसम्म महायज्ञ गरिन लागिएको श्री पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराज व्यासाचार्यले इतिहासमै पहिलो पटक यस्तो किसिमको महायज्ञ हुँन लागेको बताउनु भयो । उहाँका अनुसार महायज्ञको । महायज्ञमा १०८ पण्डितबाट  १०८ हवन कुण्डमा विशेष जडिबुटिसहित १ करोड २५ लाख मन्त्र जपद्धारा कोटिहोम, चार वेद, १८ पुराण, अष्टोत्तरशत १०८ श्रीमद्भागवत पाठ परायण, तुलादान, पितृमोक्ष का लागि  २१ करोड दीप प्रज्वलन, १ करोड पार्थीव शिवलिङ्ग निर्माण तथा पूजन, ५१ सय कलश पूजन, भूमि पूजन, अन्न पूजन, दुःख निवारण यज्ञ लगायतका कार्यक्रमहरु रहेको  छ । फागुन ११ गते हात्ती ,रथ , बाजागाजा र झाँकीसहित को कलश यात्रा विहान निकालीने छ र  महायज्ञको उद्घाटन मुक्तिनाथबाट कालिगण्डकी र नारायणी १०८ तीर्थस्थलको जलसहित मुक्तिनाथबाट कालिगण्डकी र नारायणी हदै कार्यक्रम स्थल सम्म  १००८ गौमाताको दुग्धधारा सहित हेलिकप्टरबाट पुष्प वृष्टिबाट गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । महायज्ञमा घिउ , धान ,चामल , तिल ,जौ , तेल सर्वाेषधी , खुदो , पञ्चपल्लव (पिपल,वर ,आपँ समी डुम्री ं)तितेपाती , खयर , साल वयर, वेल साज ,सल्ला लगायतका वनस्पती हरुको १करोड २५ लाख हवन गरिने छ  ।

महायज्ञमा ३५ हजार रुपैयाँ दान गर्ने व्यक्तिको १ जना, ६० हजार रुपैयाँ दान गर्ने व्यक्तिको २ जना, ८५ हजार रुपैयाँ दान गर्ने व्यक्तिको ३ जना र १ लाख रुपैयाँ दान गर्ने व्यक्तिको ४ जना परिवारलाई हेलिकप्टरमा चढाएर कोटिहोम महायज्ञ स्थलबाट पवित्र तीर्थस्थल देवघाट र मौलाकालिका मन्दिरको दर्शन गराउने समेत बालयोगेश्वरले जानकारी गराउनु भयो   ।  २५ हजार भन्दा बढि जेष्ठनागरिकलाई पनि महायज्ञमा सम्मान गरिने बताइएको छ । त्यस्तै, महायज्ञ अवधिभरी निःशुल्क रुपमा ब्रतबन्ध गरिने, ५ हजार १ सय रुपैयाँमा पञ्चेबाजा सहित विवाह गराएर गाडीमा घर घरमानै पुर्याउने तथा निशुल्क रुपमा जन्तीलाई समेत भोज खुवाउने व्यवस्था गरिएको महायज्ञका मूल वाचक वालयोगेश्वरको बताउनु भयो ।  महायज्ञको हवनकुण्डको अग्नी मुक्तिनाथ र लुम्बिनीबाट शान्तिदीपबाट प्रजव्लन गरिने , महायज्ञ अवधिभर नै विभिन्न समुहहरुबाट हरिनाम संकिर्तन गरिने, रात्रीको समयमा रामलीला कृण्णलीला र ज्ञानमञ्च  भरत नाट्यम नृत्यको प्रस्तुति गरिने बताएको छ । 

 

एक महिने महायज्ञबाट संकलन भएको रकममध्ये नेपाल पत्रकार महासंघ चितवन शाखाको अक्षयकोषका लागि ५लाख ५५ हजार रुपैयाँ प्रदान गर्ने ,निर्माणधिन ५लाख रुपैयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट सहयोग गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
 । १० लाख भँक्तजनहरु सहभागी हुने अपेक्षा लिइएको सो महायज्ञमा २५ करोड उठ्ने अनुमान गरिएको छ  । पत्रकार सम्मेलनमा,स्वामी जगन्नाथचार्य,,कोटिहोमका पिठाधिश गुरु वशिष्ठ , सल्यानी माता तीमिला, पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीका अध्यक्ष मनोज पुडासैनी, लगायतले महायज्ञको महत्व वारे बोल्नु भएको थियो ।  नेपाल भम्रण वर्ष कै अवसरमा गरिन लागिएको महायज्ञमा पर्यटन प्रवद्धन लागि सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ । 

प्रतिकृया दिनुहोस